३० श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा ६ करोडका सुविधा सम्पन्न लक्जरियस बस भित्रिए, बसभित्रै चिया-कफी र शौचालयको सुविधा

अ+ अ-

काठमाडौँ । पोखराको पर्यटन तथा यातायात क्षेत्रलाई लक्षित गर्दै शुभ अधिकारी ट्राभल्स एन्ड टुर प्रा.लि.ले करिव ६ करोड रुपैयाँ बराबरका सुविधा सम्पन्न लक्जरियस बस सञ्चालनमा ल्याएको छ । 

कम्पनीले पोखरा महानगरपालिका–२५ हेम्जा मिलन टोलबाट बिहान ६ बजे छुट्ने यी बसहरू नेपालकै सुविधा सम्पन्न बसमध्ये रहेको दाबी गरेको छ । पोखरा पर्याङमा आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले नयाँ बसको शुभारम्भ गरे । पोखरा आफैँमा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्य हो । यहाँबाट मुक्तिनाथलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा सञ्चालन हुने सुविधा सम्पन्न यातायात सेवाले पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

लामो समयदेखि यात्रुहरूको प्रतिक्षाको विषय बनेको यो सेवा विशेष सुविधाहरू सहित सञ्चालनमा आउन लागेको हो । कम्पनीका अध्यक्ष टीकाराम अधिकारीकाअनुसार नयाँ सञ्चालनमा आउने बसहरूमा यात्रुको सहजताका लागि बसभित्रै शौचालय (वासरुम), चिया तथा कफीको सुविधा उपलब्ध हुनेछ । यात्रुहरूबाट सेवा सञ्चालनका सम्बन्धमा बारम्बार सोधपुछ भइरहेकाले आगामी भदौ ३ गतेलाई सेवा प्रारम्भ गर्ने आधिकारिक मिति तय गरिएको कम्पनीले जनाएको छ । गुणस्तरीय र सुविधायुक्त यात्रा सुनिश्चित गर्दै यात्रुहरूको अपेक्षा पूरा गर्ने प्रतिबद्धता समेत अध्यक्ष अधिकारीले व्यक्त गरेका छन् । 

उनले भने, ‘हामीले यात्रुहरूलाई जुन स्तरको सुविधाको आश्वासन दिएका थियौँ, सेवा सुरु भएपछि उहाँहरूले ती सबै सुविधाहरू प्रत्यक्ष अनुभव गर्न पाउनुहुनेछ ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सिटौलाले नेपालको पर्यटकीय राजधानी पोखराबाट काठमाडौँका लागि शुरु भएको यो सेवा नेपालकै मात्र नभई एशियाकै उत्कृष्ट पर्यटकीय सवारी साधनमध्ये पर्ने दाबी गरे । प्रतिसवारी साधन करिव २ करोड रुपैयाँ लगानी भएको जानकारी दिँदै उनले लगानीको सुरक्षा र गुणस्तरीय सेवामा जोड दिए । सिटौलाले अबको यातायात क्षेत्र प्रविधिमैत्री हुनुपर्ने उल्लेख गर्दै महासंघले जीपीएस प्रणाली, क्यासलेस भुक्तानी र अनलाइन टिकेटिङलाई प्राथमिकतामा राखेको बताए ।

उनले भने, ‘हामीले सरकारसँग प्रविधिको स्पष्ट कार्यविधि बनाउन माग गरेका छौँ । संघीय यातायात व्यवस्था विभागमा यसबारे छलफल भइरहेको छ । अब यात्रीले घरमै बसेर टिकट लिन सक्ने व्यवस्था हुनुपर्छ ।’

उद्घाटन गरिएका बसका चालकहरू ‘पाइलट’ र सहचालकहरू ‘एयर होस्टेस’ को पोसाकमा सुसज्जित हुनुलाई सिटौलाले यातायात क्षेत्रमा नयाँ संस्कारको सुरुवात भएको बताए। उनले पोसाकसँगै व्यवहारमा पनि उच्च व्यावसायिकता र विनम्रता अपनाउन कर्मचारीहरूलाई आग्रह गरे ।  

साथै, उनले कार्यक्षेत्रमा खटिएका चालक र सहचालकको सुरक्षाको विषयमा राज्य गम्भीर हुनुपर्ने माग राखे । सडक दुर्घटना वा अन्य विवादमा चालकमाथि हुने भौतिक आक्रमण र दुर्व्यवहार रोक्न प्रहरी वा ट्राफिक प्रहरीलाई सरह नै चालक वर्गलाई पनि कानुनी सुरक्षा प्रदान गर्न उनले सरकारको ध्यानाकर्षण गराए । 

0 Comments