३१ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्ताङ प्रदेश अस्पतालको आपत्कालीन सेवा जीर्ण एम्बुलेन्सको भरमा

अ+ अ-

काठमाडौँ । मुस्ताङको जोमसोमस्थित २५ शय्याको प्रदेश अस्पतालमा बिरामी स्थानान्तरणका लागि प्रयोग हुँदै आएको एम्बुलेन्स नै लामो समयदेखि समस्याग्रस्त बनेपछि अस्पतालको आकस्मिक स्वास्थ्य सेवा प्रभावित भएको छ।

करिब १५ वर्ष पुरानो एम्बुलेन्स पटक पटक बिग्रिँदा गम्भीर बिरामीलाई अन्य अस्पतालमा लैजान कठिनाइ हुने गरेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. समीक्षा कँडेलका अनुसार एम्बुलेन्सको नियमित सञ्चालन सुनिश्चित नहुँदा अस्पताल परिसरभित्र बिरामी सार्नसमेत कठिन हुने अवस्था छ। अस्पतालमा एम्बुलेन्स भए पनि भरपर्दो अवस्थामा नरहेको उनले बताइन्।

मुस्ताङमा दुर्घटना, प्राकृतिक विपद् तथा अन्य आकस्मिक अवस्थाका गम्भीर बिरामीलाई पोखरालगायत सुविधा सम्पन्न स्वास्थ्य संस्थामा पठाउनुपर्ने हुन्छ। तर, त्यसका लागि तत्काल उपलब्ध हुने भरपर्दो सवारी साधनको अभावले बिरामीको उपचार व्यवस्थापन थप जटिल बन्ने गरेको अस्पतालको भनाइ छ।

नयाँ एम्बुलेन्स उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयअन्तर्गतको आपूर्ति शाखासँग विगत दुई वर्षदेखि पटक पटक आग्रह गरिएको भए पनि मागअनुसार नयाँ साधन उपलब्ध हुन नसकेको डा। कँडेलले बताइन्। दुर्गम हिमाली जिल्लामा आपत्कालीन स्वास्थ्य सेवाको मुख्य आधारमध्ये एम्बुलेन्स सेवा रहेकाले यसको अभावले जोखिम थप बढाएको अस्पतालको ठहर छ।

अस्पतालसँगै घरपझोङ गाउँपालिकाको एम्बुलेन्स पनि सञ्चालनमा नरहेपछि स्थानीय स्तरमा बिरामी ओसारपसारको विकल्प झनै सीमित भएको छ। गाउँपालिकाका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीका अनुसार पालिकाको स्वामित्वमा रहेको एम्बुलेन्स हाल बिग्रिएको अवस्थामा थन्किएको छ।

मुस्ताङका पाँच स्थानीय तहमध्ये चार स्थानीय तहसँग गरी कुल आठ एम्बुलेन्स रहेको तथ्यांक भए पनि तीमध्ये करिब आधा मात्र सञ्चालनमा छन्। वारागुङ मुक्ति क्षेत्र गाउँपालिकासँग भने एम्बुलेन्स नै छैन।

उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा रहेका एम्बुलेन्स भने नियमित रूपमा सञ्चालनमा रहेको जनाइएको छ। जिल्लाका अधिकांश स्थानीय तहमा एम्बुलेन्सको संख्या रहे पनि सञ्चालनयोग्य साधनको अभावले स्वास्थ्य संस्थाबाट बिरामी स्थानान्तरण गर्ने प्रणाली कमजोर बनेको देखिएको छ।

विशेष गरी गम्भीर बिरामीलाई जिल्लाबाहिर रिफर गर्नुपर्ने अवस्थामा तत्काल प्रयोग गर्न सकिने एम्बुलेन्स सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिएको छ। अस्पताल र स्थानीय तहका एम्बुलेन्सको मर्मत, प्रतिस्थापन तथा नियमित सञ्चालनका लागि सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको स्वास्थ्य क्षेत्रका अधिकारीहरूको भनाइ छ।

0 Comments