६ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैन’: पम्फा भुसाल

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले पार्टीभित्र बनेका अत्यधिक ठूला ‘जम्बो’ कमिटीप्रति असन्तुष्टि जनाएकी छिन् । 

पार्टीको कोशी प्रदेश समितिले शनिवार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उनले जम्बो समितिले कम्युनिष्ट पार्टीलाई बलिलो बनाउन नसक्ने बताएकी हुन् । उनले दिनौँ पार्टी मिलाएर ठूलो कमिटी भएको नेपाली कम्युनिष्ट पार्टी बनाउँदा पनि निर्वाचनमा सफलता हासिल गर्न नसकेको बताइन् ।

मङ्सिरमा हुने महाधिवेशनबाट चुस्त–दुरुस्त कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्ने उनको भनाई छ । पार्टीका समितिहरू अत्यधिक ठूलो बन्दै जाँदा सदस्यबीच प्रभावकारी संवाद हुन नसकेकोले उनले बताइन् । केन्द्रीय समितिसहित तल्ला तहका कमिटीहरूमा सदस्य संख्या बढाउँदै लैजाने प्रवृत्तिले कम्युनिस्ट पार्टीको संगठनात्मक चरित्र नै कमजोर बनेको उनको दाबी छ । उनले कम्युनिष्ट पार्टीका संगठनहरु चुस्त दुरुस्त हुनुपर्ने बताइन् ।

उनले पार्टी नेताहरूमा पनि पछिल्लो समय पदको मोह बढ्दै गएको आरोप लगाइन् । पदप्राप्ती र पद मोहका कारण कम्युनिष्ट आन्दोलन विघटन उन्मुख अवस्था पुगेको उनको भनाई छ । उनले महाधिवेशनका लागि आवश्यक साङ्गठनिक एकता तल पार्टी सदस्यसम्म पुर्‍याउने, पार्टी सदस्यता नवीकरण गर्ने लगायतका कार्यमा पनि ढिलाइ भएको बताइन् ।

उनले भनिन्, ‘राष्ट्रिय स्वाधीनताको पक्षमा नेपाली जनताले प्राप्त गरेका संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसको दस्ताबेज संविधानको रक्षा गर्ने र अलिकति रक्षात्मक बनेको कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाएर अगाडि बढाउनका निम्ति हामीले सुदृढ कम्युनिस्ट पार्टी सिंगो एउटा वाम आन्दोलनलाई केन्द्रित गर्ने कम्युनिस्ट एकताको अभियानलाई अगाडि बढाउनुपर्दछ । छरिएर रहेका देशभक्त शक्तिहरूलाई एकताबद्ध गर्नुपर्दछ । त्यसको निम्ति पहिलो साङ्गठनिक एकता तल पार्टी सदस्यसम्म पुर्‍याउने, पार्टी सदस्यता नवीकरण गर्ने, एकताका नाममा बनेको भद्दा सङ्गठन जहाँ करिब करिब जनवादको अभ्यास नै छैन । हामी केन्द्रीय कार्य सम्पादन समितिमा त धेरै लामो बैठक बस्यौँ, छलफल गर्‍यौँ । त्यो तलका समिति यति ठूला बनेर गएका छन् जहाँ दोहोरो संवाद करिब करिब हुन्न । कमरेडहरूका मनमा पनि धेरै कुरा छन्, राख्ने कुरा होलान् । दोहोरो संवाद हुने गरेर हाम्रा कमिटी बनेका छैनन् । यस्ता सङ्गठन कम्युनिस्ट पार्टीका हुन्नन् । तर एउटा अचम्मको संस्कार हामीकहाँ आएको छ, हिजो कम्युनिस्ट हुनु भनेको त्याग गर्नु हुन्थ्यो । कम्युनिस्ट हुनु भनेको आदर्श हुन्थ्यो । कम्युनिस्ट हुनु भनेको निष्ठा हुन्थ्यो । अनि केही कुरा आयो भने भो जिम्मा आयो भने भो अरूलाई दिनुस्, अर्को कमरेडलाई दिनुस्, पटक पटक चाहिँ त्यो प्रकारको हुन्थ्यो । अब अहिले अलि बढी चाहिँ शायद यो खुला प्रतिस्पर्धाको राजनीतिले होला, पदप्रति अलि बढी हाम्रो माथिदेखि नै त्यो प्रकारको आकांक्षा छ । त्यो पदाधिकारी स्तरको भन्ने कमिटी ४५ जनाको छ केन्द्रमा, तल कसैलाई दोष छैन । तर मैले भन्न खोजेको सङ्गठनात्मक संरचना जुन एउटा कम्युनिस्ट पार्टीको हुने हो, त्यो प्रकारको छैन । हामी एकताको एउटा विशिष्ट क्षणबाट आएका छौँ, त्यसैले हामी दर्जन सहइञ्चार्ज, दर्जन सहसंयोजक इत्यादि पनि हाम्रा निम्ति स्वीकार्य छन् । २४९९ भनेको केन्द्रीय समितिमा म किन परिनँको प्रश्नको जवाफ दिन ती अझै विस्तार हुँदै छन् । यो भनेको कम्युनिस्ट पार्टी बन्ने बाटो चाहिँ होइन, मैले बडा स्पष्ट भन्न चाहन्छु । त्यसैले हामी  चाहिँ आगामी मङ्सिरमा गरिने महाधिवेशनको माध्यमबाट चुस्त–दुरुस्तको कम्युनिस्ट पार्टी निर्माण गर्ने एउटा कार्यभारलाई लिएर आएका छौँ ।’

उनले पछिल्लो राष्ट्र सबैभन्दा बढी संकटमा परेको बताइन् । राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्दै रक्षात्मक अवस्थामा पुगेको कम्युनिस्ट आन्दोलनलाई पनि सुदृढ बनाउनुपर्ने अवस्था आएको उनको भनाई छ । वाम आन्दोलनलाई केन्द्रित गर्दै कम्युनिस्ट एकताको अभियान अघि बढाउनुपर्नेमा उनले जोड दिइन् । 

0 Comments