५ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘६० दिनभित्र चलचित्रसम्बन्धी विधेयक पारित हुन्छ’ : बोर्ड अध्यक्ष पण्डित

अ अ+ अ-

काठमाडौँ । चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष मनिष पण्डितले चलचित्र क्षेत्रको सुधार र चलचित्र हल व्यवसायीका समस्या सम्बोधन गर्न तयार पारिएको विधेयक आगामी ६० दिनभित्र पारित गर्ने लक्ष्यसहित काम अघि बढाइएको बताएका छन् । 

शनिवार ललितपुरमा आयोजित नेपाल चलचित्र संघको ५२ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सोमवारदेखि प्रक्रिया अघि बढाएर ६० दिनभित्र विधेयक पारित गरी सकेसम्म छिटो ऐनको रूप दिने लक्ष्य राखिएको जानकारी दिएका हुन्। पण्डितले चलचित्र हल व्यवसायको संरक्षण, नयाँ लगानी आकर्षित गर्ने, पुराना हलहरूको आधुनिकीकरण गर्ने र व्यवसायीलाई सरकारले उपलब्ध गराउन सक्ने सहुलियतका कार्यक्रमलाई विधेयकमार्फत सम्बोधन गर्ने प्रयास भइरहेको बताए । यस विषयमा सरकारसँग पहल सुरु भइसकेको उल्लेख गर्दै उनले सम्बन्धित मन्त्रालयबाट समेत सहयोग प्राप्त भएको बताए । 

चलचित्र हल व्यवसायीले उठाउँदै आएका समस्या र जायज मागलाई नीतिगत तहमा पुर्‍याएर समाधानका लागि बोर्डले समन्वय गर्ने उनको प्रतिवद्धता छ । नेपाली चलचित्र निर्माण गरेर मात्रै नहुने भन्दै पण्डितले त्यसलाई दर्शकमाझ पुर्‍याउने र व्यावसायिक रूपमा सफल बनाउने जिम्मेवारी चलचित्र हलहरूको पनि रहेको बताए । नेपाली चलचित्रलाई प्रदर्शनमा प्राथमिकता दिने हल सञ्चालकलाई प्रोत्साहन गर्न यस वर्षदेखि बोर्डले विशेष सम्मान गर्ने निर्णय गरेको उनले जानकारी दिए । उनका अनुसार यस्तो सम्मानले नेपाली चलचित्र प्रदर्शन गर्ने हलहरूलाई प्रोत्साहन गर्नुका साथै स्वस्थ प्रतिष्पर्धाको वातावरण निर्माण गर्नेछ  । 

पण्डितले चलचित्र संघ र चलचित्र विकास बोर्डबीचको सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए । निर्माता, निर्देशक, कलाकार, प्राविधिक, वितरक र प्रदर्शकबीच एकता र सहकार्य भए मात्रै नेपाली चलचित्र उद्योगलाई व्यावसायिक, पारदर्शी र आत्मनिर्भर बनाउन सकिने उनको भनाइ छ । 

उनले भने, ‘चलचित्रसम्बन्धी विधेयक आगामी ६० दिनभित्र पारित गरी ऐनका रूपमा अघि बढाउने लक्ष्यसहित काम गरिरहेका छौँ । हल व्यवसायीका जायज माग सम्बोधन गर्न सम्बन्धित मन्त्रालय र सरकारी निकायसँग आवश्यक समन्वय गर्नेछौँ । नेपाली चलचित्र क्षेत्रको विकासका लागि निर्माता, निर्देशक, कलाकार, प्राविधिक, वितरक र प्रदर्शकबीच सहकार्य र एकता आवश्यक छ । चलचित्र सङ्घको आगामी निर्वाचन तथा नयाँ नेतृत्वलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । आउनुहोस्, नेपाली चलचित्र उद्योगलाई व्यावसायिक, सुदृढ र आत्मनिर्भर बनाउन मिलेर अघि बढौँ ।’

0 Comments