१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ-दिदीबहिनीको प्रेमको पर्व

अ+ अ-

महोत्तरी । मधेसमा आज शुक्रबार दाजुभाइ तथा दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव र समर्पणको प्रतीक मानिने ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन मनाइने यो मिथिला परम्पराको महत्त्वपूर्ण पर्व हो।

पर्वका अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइको यश, पराक्रम र परोपकारी भावको कामना गर्दै दाहिने हातको नाडीमा ‘राखी’ (धागोको कलात्मक डोरा तथा रक्षासूत्र) बाँध्ने गर्छन् ।  मधेशका सबै जिल्लामा यो पर्व मनाइन्छ।

हिन्दू परम्परामा साउन पूर्णिमाका दिनलाई रक्षाबन्धन पर्व भनिन्छ। सनातन परम्परामा रक्षाबन्धन भनिने पर्वलाई मिथिलामा ‘राखी’ भनिन्छ । रक्षाबन्धनका अवसरमा गुरु–पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित रक्षासूत्र यजमानलाई बाँधिदिने चलन पनि मिथिलामा छ । तर यहाँ दिदीबहिनीले दाजुभाइलाई रङ्गीबिरङ्गी राखी बाँध्ने चलनले यो पर्वलाई विशेष बनाएको गौशाला–११ कालीपुरकी शिक्षक सुनिता महतो बताउछिन्।

राखी पर्वका लागि केही दिनअघिदेखि नै मधेशका बस्तीबस्तीका हाटबजारमा विभिन्न रङ्गका कलात्मक राखी बिक्रीका लागि राखिन्छन्। दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयता झल्काउने गीत गुन्जिरहेका छन् । पर्वका कारण यहाँको परिवेश राखीमय बने पनि यसपालि पर्वको मुखैमा आएको भोटेकोशीको बाढीले पुर्‍याएको क्षतिका कारण विगतको जस्तो उल्लास नरहेको मिथिलानी बताउँछन् ।

“सदियौँदेखि चलिआएको पारम्परिक पर्व हो, हामी मनाउँदै छौँ,” बर्दिबास–२ की अर्चना झाले भनिन्, “तर यसपालि बुधबारको भोटेकोशी बाढीले धेरै क्षति पुर्‍याएको छ। महोत्तरीकै कैयौँ व्यक्ति अझै सम्पर्कविहीन छन् । यस्तो अवस्थामा केको उल्लास हुनु रु”

आपत् आइपरे पनि त्यसलाई केही समय थाती राख्दै चाडपर्व र परम्परा जोगाउनु नेपाली संस्कृतिको विशेषता भएकाले असहज परिवेशबीच पनि पर्व मनाइरहेको उनले बताइन् ।

पर्वका लागि दिदीबहिनीले टाढाटाढा काममा रहेका दाजुभाइलाई एक साताअघिदेखि नै निम्ता गरिसकेका छन् । विवाहित दिदीबहिनीले धेरैजसो दाजुभाइलाई पर्व मनाउन आफ्नै घरमा बोलाउने चलन छ । अनुकूलताअनुसार दिदीबहिनी माइती पनि जाने गर्छन् । अविवाहित दिदीबहिनी आफ्ना दाजुभाइसँगै एकै घरमा रहने भएकाले उनीहरूका लागि भने थप सहज हुन्छ। एकै घरमा रहे पनि दिदीबहिनीले घरकै दाजुभाइलाई समेत एक दिनअघि राखीको निम्ता दिने चलन छ ।

पर्वमा दिदीबहिनीले दाजुभाइलाई सम्झने र दाजुभाइले दिदीबहिनीको निम्ता मान्ने स्थापित मैथिल परम्परा रहेको मटिहानी नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख दीपा दास बताउछिन् ।

राखी पर्वका अवसरमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मिष्टान्न परिकार खुवाउने चलन छ । त्यसैगरी दाजुभाइले आफ्नो गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र, आभूषण तथा नगद दक्षिणा दिने गर्छन् । मैथिल समुदायले यस पर्वलाई आपसी प्रेम, सद्भाव र समर्पणभावसँग जोडेर हेर्ने गरेका छन्।

यो पर्व मिथिलाको विशिष्ट सांस्कृतिक परम्परा र संस्कृतिसँग जोडिएको संस्कृतिविद् जलेश्वर–५ पतैलीका ध्रुव राय बताउछन् । उनका अनुसार मिथिलामा यो पर्व विभिन्न जातजाति, धर्मसम्प्रदाय र फरक संस्कृति भएका समुदायले समेत आपसमा मिलेर मनाउने गर्छन् ।

मिथिलामा दाजुभाइ तथा दिदीबहिनीबीचको आपसी प्रेम र समर्पणसँग जोडिएका अन्य पर्व पनि छन् । कात्तिक शुक्लपक्षको द्वितीया तिथिमा मनाइने भैयादूज तथा सोही पक्षको पञ्चमीदेखि पूर्णिमासम्म मनाइने सामाचकेवा पर्व पनि दिदीबहिनीले दाजुभाइप्रति समर्पणभाव प्रकट गर्ने प्रमुख पर्वमा पर्छन् । अहिले भने दिदीबहिनी राखी पर्वको तयारीमा जुटेका छन् ।

सत्ययुगमा तीनै लोकका अधिपति दानवराज बलिलाई उनका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन बाँधिदिएको र युद्धमा बलिको विजय भएको सम्झनामा यो पर्वको परम्परा चलेको जनविश्वास छ । 

0 Comments