१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढी: काभ्रेका ४१ अझै सम्पर्कविहीन, आठ जना परिवारको सम्पर्कमा

अ+ अ-

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण काभ्रेपलान्चोक ४१ जना अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् । सम्पर्कविहीन ४७ मध्ये हालसम्म आठ जना परिवारको सम्पर्कमा आएको जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ ।

कार्यालयले हालसम्म जिल्लाका ४१ जना सम्पर्कविहीन अवस्थामा रहेको सूचीसहितको नामावली अद्यावधिक गरेको छ । कार्यालयले बुधबार नै सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका जिल्लाका नागरिकको अवस्था बुझ्न सम्बन्धित परिवारलाई सार्वजनिक अपिल गरेको थियो । 

सो क्रममा हालसम्म सम्पर्कमा आएका आठबाहेक ४१ जना अझै सम्पर्कविहीन रहेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार कुनै परिवारका सदस्य सम्पर्कविहीन अवस्थामा रहेको भए शीघ्र जानकारी गराउन अनुरोध गरिएको छ । बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार तथा भ्रमणलगायत अन्य कामका सिलसिलामा पुगेका जिल्लाका नागरिकको अवस्था बुझ्न कार्यालयले पहल गरिरहेको छ । 

यस्तै, सूचनामा बाढी प्रभावित क्षेत्रमा गएका नागरिकलाई तत्काल आफन्तसँग सम्पर्क गर्न र आफन्तले पनि उनीहरूको अवस्था बुझी जिल्लास्थित प्रशासन कार्यालय, नजिकको प्रहरी कार्यालय तथा स्थानीय तहमा विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । 

हालसम्म सम्पर्कविहीन अवस्थामा रहेकामा बनेपाका सात, तेमाल गाउँपालिकाका सात, धुलिखेलका छ, पाँचखाल र भुम्लुका चार–चार, पनौती, चौँरी देउराली र बेथानचोकका तीन–तीन, मण्डनदेउपुर र रोशी गाउँपालिकाका एक–एक जना तथा ठेगाना नखुलेका काभ्रेपलाञ्चोककै एक जना रहेको कार्यालयले जनाएको छ ।

यसैबीच बाढी प्रभावित क्षेत्रमा गएका नागरिकलाई पनि तत्काल आफन्तसँग सम्पर्क गर्न र आफन्तले पनि उनीहरूको अवस्था बुझी तत्काल नजिकको प्रहरी कार्यालय तथा स्थानीय तहमा जानकारी गराउन प्रशासनले आग्रह गरेको छ । 

0 Comments