१७ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फोहोर बेचेर व्यासले कमायो २७ लाख

अ+ अ-

तनहुँ । तनहुँको व्यास नगरपालिकाले फोहोरजन्य वस्तु बिक्री गरेर एक वर्षमा रु. २७ लाख आम्दानी गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा पुनः प्रयोगयोग्य बनाइएका फोहर बिक्री गरी उक्त आम्दानी गरेको हो । 

 नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार फोहरका रूपमा संकलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले उक्त आम्दानी गरेको हो । 

 आवश्यक प्रक्रिया पूरा गरी बोलपत्रमार्फत चालु आर्थिक वर्षमा साबिकको मूल्यमा दश प्रतिशत थप गरी तनहुँ स्क्रेप सेन्टर व्यास–१ लाई फोहर बिक्रीको जिम्मा दिइएको थियो ।

  फौहोरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी संकलन गर्न थालेपछि सहज भएको लम्सालले बताए । कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गरी संकलन गरिएको छ ।

एकै ठाउँमा सबै फोहर संकलन गर्दा समस्या हुने भएकाले कुहिनेलाई छुट्टै गाडीमा र नकुहिनेलाई छुट्टै गाडीमा संकलन भइरहेको छ । फोहर बिक्री गरी आम्दानी हुन थालेपछि नगरपालिकाको आन्तरिक स्रोत वृद्धिमा सहयोग भएको छ । फोहोर मैला व्यवस्थापनका लागि जग्गा खरिदका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरिए पनि हालसम्म निर्णय हुन नसकेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

नगरपालिकाले नगरभित्रका प्रत्येक टोल, वडा, विद्यालयमा पुगेर फोहर वर्गीकरणका उपाय सिकाउँदै आएको छ । नगरपालिकाले कार्यालय परिसरभित्र नकुहिने फोहरमध्येबाट कागज, सिसा, प्लाष्टिकजन्य फोहोरहरु छुट्याएर बिक्री गरिरहेको छ । नगरपालिकाले कुहिने फोहरलाई भने दुम्सीस्थित गौ संरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गरिरहेको छ । नगरपालिकाको बजार क्षेत्रबाट दैनिक ११ टन फोहर संकलन हुने गरेको छ । 

 शव पहिचानका लागि आउनेलाई नि:शुल्क खाने बस्ने सुविधा
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका मृतकका शव पहिचान गर्न आउने आफन्तजनलाई होटेल व्यवसायी संघ तनहुँले नि:शुल्क खाने बस्ने व्यवस्था गर्ने भएको छ ।

संघका अध्यक्ष गिरीबहादुर थापाले विपद्को पीडामा परेका नागरिकलाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको बताए । उनले शव पहिचानका लागि आउने आफन्तजनलाई आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको र संघका सबै सदस्यलाई सोही अनुरूप अनुरोध गरिएको जानकारी दिए । 

0 Comments