१८ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै गएको छ । भोटेकोशी बाढीपीडितलाई राहत, उद्धार र पुन:स्थापनाका लागि रकम दाखिला गरिएको हो । काठमाडौँस्थित ठमेलमा सञ्चालन भएको रमादा होटलले रु ११ लाख ११ हजार १११ सहयोग गरेको छ । उक्त होटेलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको होटेलका अध्यक्ष जगन्नाथ ज्ञवालीले जानकारी दिए ।  

वालिङ (स्याङ्जा) स्याङ्जाको पुतलीबजार नगरपालिकाले रु. २७ लाख ३९ हजार ८५८ सहयोग उपलब्ध गराएको छ । नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको मासिक तलबबाट रकम संकलन गरिएको नगर प्रवक्ता मनोज पौडेलले जानकारी दिए। 

वीरगञ्ज: मारवाडी ट्रष्ट र चाचन समूह, वीरगञ्जले ५२ लाख ११ हजार रुपैयाँ संकलन गरी राहत कोषमा जम्मा गरिएको चाचान समूहका अध्यक्ष बाबुलाल चाचानले जानकारी दिए । बुटवल: गौतमबुद्ध सामुदायिक अस्पतालले रु ११ लाख ११ हजार १११ सहयोग उपलब्ध गराएको छ । बुटवलको उक्त अस्पतालले चिकित्सक तथा अन्य कर्मचारीका तर्फबाट रकम दाखिला गरिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए। 

बाजुरा: बूढीगङ्गा नगरपालिकाले २२ लाख ९२ हजार ३३२ रुपैयाँ सहयोग गरेको छ । उक्त रकम नगरपालिकाका जनप्रतिनिध, कर्मचारी, शिक्षकको मासिक तलवबाट संकलन गरिएको नगर प्रमुख रामबहादुर बानियाँले जानकारी दिए ।

मकवानपुर: भीमफेदी नगरपालिकाले पाँच लाख रुपैयाँ राहत कोषमा जम्मा गरेको छ । उक्त रकम पालिकाका जनप्रतिनिधि तथा कर्मचारीको मासिक तलवबाट संकलन गरिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए। 

बनेपा: नेपाली काँग्रेस बनेपा नगरद्वारा दुई लाख २३ हजार ३६४ रुपैयाँ राहत कोषमा जम्मा गरिएको छ । उक्त रकम पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट संकलन गरिएको नेपाली काँग्रेस बनेपा नगर समितिका सभापति महेशकुमार कर्माचार्यले बताए। लमजुङ: बेँसीसहर नगरपालिका, लमजुङले पाँच लाख रुपैयाँ राहत कोषमा दाखिला गरेको छ । 

उक्त रकम नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको मासिक तलवबाट संकलन गरिएको नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्यालले जानकारी दिए। काभ्रेपलाञ्चोक: जिल्लाका नौ पालिकाले भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुन:स्थापनाका लागि एक करोड ७७ लाख रुपैयाँ राहत कोषमा जम्मा गरेका छन् ।  

भुम्लु गाउँपालिकाले रु ३० लाख, नमोबुद्ध नगरपालिकाले रु २७ लाख ५० हजार, बनेपा नगरले रु १५ लाख, पनौती नगरले रु ३० लाख, पाँचखाल, धुलिखेल,  रोशी र चौँरीदेउराली पालिकाले रु १०/१० लाख गरी जम्मा एक करोड ७७ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको हो । 

त्यसैगरी, काभ्रेजिल्ला धुलिखेल नगरपालिका–११, निवासी रवि धितालले अर्थमन्त्री डा स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री राहत कोषमा व्यक्तिगत एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ दाखिला गरेको स्थानीय समाचारदाता राजकुमार पराजुलीले जानकारी दिएका छन् । 

सिरहा: लहान नगरपालिकाले रु ११ लाख राहत सहयोग रकमा दाखिला गरेको छ । 

उक्त रकम पालिकाका जनप्रतिनिध, कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीको मासिक तलवबाट संकलन गरिएको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए।

0 Comments