काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ रहेको छ।
देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा तथा मधेस र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । देशको हिमाली भू-भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको पहाडी भागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका धेरै तथा मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशभर साधरणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका तराई भू-भागका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।






