काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सोमबार उच्च अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १५.५९ अंकले बढेर २५५८.३७ विन्दुमा पुगेको हो।
प्रि-ओपन सेसनमा ९३ वटा स्क्रिप्सको २७ हजार ९८७ कित्ता सेयर १ करोड ४ लाख ४७ हजार ५६९ रुपैयाँमा खरिदबिक्री भएका छन्।
कारोबारमा आएकामध्ये ३० वटा स्टक्सको मूल्य बढ्दा ३६ वटाको घटेको छ । बाँकी २५ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।






