२३ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हैजाविरुद्ध खोप अभियान सुरु हुँदै

अ+ अ-

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा हैजालगायत सम्भावित संक्रामक रोगको जोखिम न्यूनीकरण गर्न सरकारले खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ।

सरकारले मौज्दातमा रहेको हैजाविरुद्धको १ लाख २ हजार १२३ डोज खोप बाढी प्रभावित जिल्लामा पठाउन थालेको जनाएको छ। यसअन्तर्गत रसुवाका लागि मुखबाट खुवाइने २१ हजार ६०० डोज खोप हेलिकप्टरमार्फत पठाइसकिएको छ।

रसुवामा भदौ २५ गतेदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको छ। त्यस्तै, नुवाकोटका लागि ८० हजार ५२३ डोज खोप स्थलमार्गबाट पठाउने काम भइरहेको र त्यहाँ पनि यही साताभित्र अभियान सुरु गर्ने योजना रहेको छ।

प्रभावित क्षेत्रमा वडा कार्यालयको तहबाट स्वास्थ्य स्वयंसेवकमार्फत खोप वितरण गरिनेछ। एक वर्ष वा सोभन्दा माथिका सबै नागरिकलाई हैजाविरुद्धको खोप दिने सरकारको योजना छ।

बाढी प्रभावित क्षेत्रमा सरसफाइको अवस्था प्रभावित हुँदा हैजा तथा अन्य संक्रामक रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै महामारी हुनुअघि नै रोकथामका लागि अभियान सञ्चालन गर्न लागिएको हो।

यसैबीच, सरकारले रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा टिडी तथा दादुरा-रुबेलाविरुद्धको खोपसमेत सञ्चालन गर्ने तयारी गरेको छ।

उद्धार तथा राहत कार्यमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा चोटपटक लागेका नागरिकलाई टिटानसबाट जोगाउन टिडी खोप उपलब्ध गराइनेछ। त्यस्तै, ६ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी दादुरा-रुबेला खोप आगामी दुई साताभित्र सञ्चालन गर्ने योजना बनाइएको छ।

खोप ऐनअन्तर्गत गठन भएको राष्ट्रिय खोप सल्लाहकार समितिले बाढी प्रभावित क्षेत्रमा सरसफाइको कमीका कारण हैजा वा अन्य महामारी फैलिन सक्ने सम्भावना औँल्याउँदै पूर्वतयारीका रूपमा खोप अभियान सञ्चालन गर्न सिफारिस गरेको थियो।

खोप तथा स्वास्थ्य सेवासम्बन्धी थप जानकारीका लागि नागरिकले ‘हेलो स्वास्थ्य’को नि:शुल्क नम्बर १११५ मा सम्पर्क गर्न सक्नेछन्।

0 Comments