२७ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

अ+ अ-

काठमाडौँ । हरितालिका (तीज) को तयारीस्वरुप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठलगायत कोष सञ्चालक परिषद् सदस्यहरूसहित कर्मचारी, स्थानीयवासी र भक्तजनहरूको उपस्थितिमा पशुपति क्षेत्रका वाग्मती पारिको १५ शिवालय, मृगस्थली, किरातेश्वर, गौरीघाट, उमाकुण्ड, दक्षिणा मूर्ति, भुवनेश्वरीलगायत मुख्य मुख्य क्षेत्रमा सफाइ गरिएको हो । त्यस क्षेत्रका अव्यवस्थित संरचनालाई पनि व्यवस्थित गराइएको छ ।

पन्ध्र शिवालय क्षेत्रमा शुक्रबार राति भएको आगलागीबाट एउटा शिवालयमा पुगेको क्षतिको अनुगमन गरी फोहर हटाइएको छ । ढुङ्गैढुङ्गाले बनेको शिवालयको भित्र काठ प्रयोग भएको र त्यहाँ बस्नेले भित्री भागमा कपडा राखेकाले आगलागी भएको पाइएको कोष सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीले जानकारी दिए ।

आगलागीका कारण आज बिहानसम्म त्यस क्षेत्रमा धुवाँको मुस्लो छुटेको थियो । शुक्रबार रातिको घटनापछि पशुपति क्षेत्रका कुनै पनि शिवालय एवम् मन्दिर क्षेत्रमा अनधिकृत रूपमा बसोबास गर्न नदिइने पनि उनले बताए ।

पशुपति क्षेत्रलाई सफा, स्वच्छ राखी नेपाली महिलाको महान् पर्व हरितालिका ९तीज०को तयारीका लागि सहयोग गर्न आज पशुपति क्षेत्रमा विशेष सफाइ गरिएको हो । स्वच्छ पशुपति निर्माणमा सामाजिक उत्तरदायित्वको भावनाले सफाइमा जुटौँ भन्ने नाराका साथ सफाइ अभियान सञ्चालन गरिएको उनले सुनाए ।

साउनको महिनाको तयारीका लागि असारको अन्ति शनिबारदेखि कोषले पशुपति क्षेत्रमा सुरु गरेको सफाइ अभियान प्रत्येक हप्ताको शनिबार बिहान जारी राखिएको छ । पशुपति क्षेत्रमा आज नवौँ हप्ताको सफाइ गरिएको हो ।

0 Comments