२८ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

अ+ अ-

तनहुँ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४ मा तनहुँमा नदी नियन्त्रण तथा सिँचाइका विभिन्न कार्यक्रमका लागि रु. १५ करोड बजेटको कार्यक्रम सञ्चालन गरेको छ । नदी कटान तथा डुबान नियन्त्रण, पहिरो नियन्त्रण र सिँचाइ सुविधा विस्तारलाई प्राथमिकता दिँदै आयोजना अघि बढाइएको हो ।

आयोजना प्रमुख सुपिन्द्र खत्रीले चालु आवमा सिँचाइ, पहिरो र नदी नियन्त्रणतर्फ विभिन्न योजनामा बजेट विनियोजन गरिएको जानकारी दिए । उनका अनुसार मस्र्याङ्दी नदी नियन्त्रणका लागि रु आठ करोड, मादी नदी नियन्त्रणका लागि रु. तीन करोड र सेती नदी नियन्त्रणका लागि रु तीन करोड छुट्याइएको छ ।

“नदी कटान र डुबानबाट जोखिममा रहेका क्षेत्रलाई सुरक्षित बनाउन नदी नियन्त्रणका कार्यक्रम अघि बढाएका छौँ । मस्र्याङ्दी, मादी र सेती नदी नियन्त्रणका लागि छुट्टाछुट्टै बजेट विनियोजन भएको छ”, आयोजना प्रमुख खत्रीले भने ।

पहिरो नियन्त्रणतर्फ गलेश्वरधाम–देवघाटधाम क्षेत्रका लागि रु तीन करोड विनियोजन गरिएको छ । धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको देवघाट क्षेत्रको भौगोलिक जोखिम न्यूनीकरण गर्न उक्त कार्यक्रम सञ्चालन गरिने उनले बताए । आयोजनाले नदी नियन्त्रणसँगै सतह सिँचाइ, लिफ्ट सिँचाइ तथा जलाशययुक्त सिँचाइका कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ । आयोजना प्रमुख खत्रीका अनुसार दरौदी तथा मस्र्याङ्दी नदी बेसिनमा सिँचाइसम्बन्धी कार्यक्रम सञ्चालन गर्न रु. तीन करोड ७५ लाख विनियोजन गरिएको छ ।

त्यस्तै, मस्र्याङ्दी, मादी, सेती, दरौदी, कालीगण्डकी–आँधी खोला, बूढीगण्डकी र त्रिशूली नदी बेसिन समेटिएको एकीकृत सिँचाइ विकास योजनाका लागि रु. पाँच करोड बजेट छुट्याइएको छ । 

“सतह सिँचाइ, लिफ्ट सिँचाइ र जलाशययुक्त सिँचाइका संरचना निर्माण तथा सुधारमार्फत कृषि क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्य छ । विभिन्न नदी बेसिनलाई समेटेर एकीकृत रूपमा सिँचाइ विकासका कार्यक्रम सञ्चालन हुँदै छन्”, उनले भने ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले तनहुँसहित लमजुङ, मनाङ र गोरखामा विभिन्न सिँचाइ तथा नदी नियन्त्रणसम्बन्धी संरचना निर्माण गर्दै आएको छ । आयोजना प्रमुख खत्रीका अनुसार दरौदी, दोर्दी तथा मस्र्याङ्दी नदी क्षेत्रमा डुबान तथा कटानबाट प्रभावित र जोखिमयुक्त स्थान पहिचान गरी तटबन्धन, स्पर तथा रिभेटमेन्ट निर्माणका काम अघि बढाइन्छ । नदीले कटान गरेका स्थानमा जग्गा उकास गर्ने तथा नदीको बहावलाई व्यवस्थित गर्न आवश्यक संरचना निर्माणसमेत आयोजनाका कार्यक्रमभित्र रहेका छन् ।

नदी कटान तथा डुबानका कारण खेतीयोग्य जमिन, बस्ती तथा सार्वजनिक पूर्वाधार जोखिममा पर्ने भएकाले जोखिमयुक्त स्थानमा नदी नियन्त्रणका संरचना निर्माणलाई प्राथमिकता दिइएको आयोजनाले जनाएको छ । त्यस्तै सिँचाइ संरचनाको निर्माण तथा सुधारबाट कृषि उत्पादनमा वृद्धि, खेतीयोग्य जमिनको उपयोग र किसानलाई वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । नदी नियन्त्रण र सिँचाइ विकासलाई सँगसँगै अघि बढाउँदा एकातर्फ बाढी तथा कटानको जोखिम घटाउने र अर्कातर्फ नदीको पानीलाई कृषि उत्पादनमा उपयोग गर्ने आधार तयार हुने आयोजना प्रमुख खत्री बताउँछन् ।

0 Comments