३० भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बाढी प्रभावित परिवारसम्म सरकारको उपस्थिति प्रभावकारी रूपमा पुग्न सकेन’ : सांसद बोहरा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपकराज बोहराले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको अवस्था दयनीय रहेको भन्दै उनीहरूका लागि सरकारले के गर्छ भन्ने हेर्न बाँकी रहेको बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद बोहराले बाढी प्रभावित परिवारसम्म सरकारको उपस्थिति प्रभावकारी रूपमा पुग्न नसकेको गुनासो गरे।

सरकारी तथ्यांकअनुसार रसुवा बाढीमा अझै ५ हजार १३० जना बेपत्ता रहेको उल्लेख गर्दै उनले आफ्नो गृहजिल्ला कञ्चनपुरमा मात्रै २६ जना र आफ्नो निर्वाचन क्षेत्रबाट १४ जना बेपत्ता रहेको बताए।

बाढी प्रभावित परिवारसँग भेट्न पछिल्ला केही दिन आफ्नो निर्वाचन क्षेत्रमा पुगेको उल्लेख गर्दै बोहराले प्रभावितका घरमा केही प्रहरी तथा सुरक्षाकर्मी पुगे पनि सर्वसाधारणको परिवारको जिम्मेवारी लिने गरी राज्यको उपस्थिति नदेखिएको बताए।

उनका अनुसार सुरक्षाकर्मीलाई उनीहरूका संगठनले प्रभावित परिवारलाई साथ दिने र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। तर, सर्वसाधारणको हकमा प्रशासन, स्थानीय तह र सरकारबीच जिम्मेवारी पन्छाउने अवस्था देखिएको उनको भनाइ छ।

यस क्रममा उनले कञ्चनपुरको शुक्लाफाँटा-३, जोनापुरकी सुनिता डंगौराको अवस्थालाई उदाहरणका रूपमा प्रस्तुत गरे। दुवै मिर्गौला फेल भएकी डंगौराका छोरा अभिषेक डंगौरा लाङटाङ हाइड्रोमा कार्यरत रहँदा बाढीपछि बेपत्ता भएको उनले बताए।

छोरा बेपत्ता भएपछि परिवारमा आमाको औषधि किनिदिने व्यक्ति समेत नभएको र बिहान–बेलुका छाक टार्नसमेत समस्या रहेको सांसद बोहराले बताए।

‘यो एउटा प्रतिनिधि घटना मात्रै हो,’ उनले भने, ‘सरकारले के गर्छ, कहाँ जान्छ र के भन्छ भन्ने हेर्न बाँकी छ।’

बाढीबाट प्रभावित धेरै सर्वसाधारणको घरमा सरकार पुग्न नसकेको भन्दै उनले विपद्का बेला राज्यले पीडित परिवारको जिम्मेवारी लिनुपर्नेमा जोड दिए।

0 Comments