३० भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीमा बेपत्ता शिक्षककी श्रीमतीलाई रोजगारी दिन माग

अ+ अ-

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका शिक्षक द्वारिकाप्रसाद दंगालकी श्रीमतीलाई उनको रिक्त शिक्षक पदमा नियुक्त गर्न राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नीतिमा भण्डारीले सरकारसँग माग गरेकी छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भण्डारीले सर्लाहीको हरिपुर-७, चिताइनस्थित श्री लक्ष्मीनाथ जनता आधारभूत विद्यालयमा कार्यरत शिक्षक दंगाल भोटेकोशी बाढीपछि बेपत्ता रहेको र अहिलेसम्म जीवित रहेको कुनै जानकारी प्राप्त नभएको बताएकी हुन् ।

दंगाल परिवारको मुख्य आम्दानीको आधार रहेको उल्लेख गर्दै उनले उहाँ बेपत्ता भएपछि परिवारको आर्थिक अवस्था कमजोर बनेको बताइन् । दंगालकी श्रीमती मन्दिरा अधिकारी दंगाल स्थानीय निजी विद्यालयमा अध्यापनरत रहेको भन्दै आवश्यक प्रक्रिया पूरा गरेर उनलाई श्रीमानको रिक्त शिक्षक पदमा नियुक्त गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिन्। उनले दंगालजस्तै भोटेकोशी बाढीको विपत्तिमा धेरै पेशाकर्मी बेपत्ता भएको उल्लेख गर्दै उनीहरूका परिवारलाई सरकारले विशेष रूपमा सम्बोधन गर्नुपर्ने बताइन् । बेपत्ता तथा मृतकका परिवारका योग्य सदस्यलाई रोजगारीको अवसर र सामाजिक सुरक्षाको सुनिश्चितता गर्न सकिने भन्दै सांसद भण्डारीले दंगाल परिवारबाटै यसको सुरुवात गर्न सरकारसँग आग्रह गरिन् ।

उनले भनिन्, ‘रसुवा भोटेकोशी बाढीमा सर्लाहीको हरिपुर-७, चिताइनस्थित श्री लक्ष्मीनाथ जनता आधारभूत विद्यालयमा कार्यरत शिक्षक द्वारिकाप्रसाद दंगाल बेपत्ता हुनुभएको छ । उहाँको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन । उहाँ परिवारको मुख्य आयस्रोत हुनुहुन्थ्यो । उहाँ बेपत्ता भएपछि परिवारको आर्थिक अवस्था अत्यन्त कठिन बनेको छ । उहाँकी श्रीमती मन्दिरा अधिकारी दंगाल स्थानीय निजी विद्यालयमा अध्यापन गराउँदै आउनुभएको छ । मेरो सरकारसमक्ष अनुरोध छ । द्वारिकाप्रसाद दंगाल बेपत्ता भएपछि रिक्त भएको शिक्षक पदमा प्रचलित कानून र आवश्यक प्रक्रिया पूरा गरी उहाँकी श्रीमतीलाई नियुक्त गर्ने विशेष व्यवस्था गरियोस् । यसले विपत्तिमा परेका परिवारप्रति राज्यको साथ र संवेदनशीलता देखाउनेछ । द्वारिकाप्रसाद दंगालजस्तै भोटेकोशीको विपत्तिमा धेरै पेशाकर्मी बेपत्ता हुनुभएको छ । उहाँहरू फर्केर आउने सम्भावना न्यून हुँदै गएको अवस्थामा बेपत्ता तथा मृतकका परिवारलाई राज्यले विशेष संरक्षण र सहयोग दिन आवश्यक छ । त्यसैले, दंगाल परिवारबाट सुरुवात गर्दै विपत्तिमा आफ्ना परिवारका सदस्य गुमाएका परिवारका योग्य सदस्यलाई रोजगारीको अवसर तथा सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने विशेष व्यवस्था गर्न म सरकारसमक्ष हार्दिक आग्रह गर्दछु । यो सम्भव छ र यसले विपत्तिमा परेका परिवारलाई राज्य उनीहरूको साथमा छ भन्ने भरोसा दिलाउनेछ ।’

विपत्तिमा परिवारका सदस्य गुमाएका परिवारलाई राज्यको संरक्षणको अनुभूति गराउन रोजगारी तथा सामाजिक सुरक्षासम्बन्धी विशेष व्यवस्था आवश्यक रहेको उनको भनाइ छ ।

0 Comments