काठमाडौँ । सरकारले नेपाल न्याय सेवा, न्याय समूहका राजपत्रांकित प्रथम श्रेणीका तीन अधिकृतलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खगेन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
मन्त्रिपरिषद्को निर्णयसँगै कट्टेल, भट्टराई र दाहाल नेपाल न्याय सेवा, न्याय समूहको राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा भएका हुन्।



