काठमाडौँ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ।
बैठक मध्याह्न १२:१५ बजे सिंहदरबारस्थित प्रतिनिधि सभा कक्षसँगै रहेको कार्यव्यवस्था हलमा बस्ने प्रतिनिधि सभा सचिवालयले जनाएको छ । बैठकमा रसुवा-भोटेकोशी-त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका विषयमा संसदीय विशेष समिति गठनसम्बन्धी छलफल हुने कार्यसूची छ।






