काठमाडौँ । कोशी प्रदेश सरकार अन्तरगत स्थानीय तहमा कार्यरत ४३ कर्मचारीको अन्तरस्थानीय तह सरुवा गरेको छ ।
प्रदेश सरकार, विराटनगरको २०८३ असोज ७ गतेको प्रदेश सचिव स्तरीय निर्णय अनुसार स्थानीय सरकारी सेवाअन्तर्गत चौथो, पाँचौँ र छैटौँ तहमा कार्यरत कर्मचारीहरूलाई अन्तरस्थानीय तह सरुवा गरिएको हो ।
अन्तरस्थानीय तह सरुवा अन्तरसरकारी तह सहकार्य तथा स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा २४ को उपदफा (१)बमोजिम गरिएको जनाइएको छ ।
प्रदेश सरकारको निर्णयअनुसार सरुवा हुने कर्मचारीमा विभिन्न स्थानीय तहमा कार्यरत चौथो, पाँचौँ तथा छैटौँ तहका कर्मचारीहरू रहेका छन् ।
हेर्नुहोस् सूची :










