९ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरूद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा

अ अ+ अ-

काठमाडौँ । विभिन्न दल छाडेका युवाहरूले देश र मधेशका लागि विचारसहितको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले ‘हुंकार मधेश’अभियान घोषणा गरिएको छ । 

शुक्रवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै शक्तिशाली राजनीतिक संगठनको जग निर्माण तथा सक्षम र योग्य युवा नेतृत्व तयार गर्ने लक्ष्यसहित उक्त अभियान घोषणा गरिएको हो । 

अभियान घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय मुक्ति पार्टी नेपाल छाडेका केशव झाले युवा पुस्ताहरूलाई राजनीतितर्फ आकर्षित गर्ने उद्देश्यले अभियान अघि बढाइएको बताए ।

उनले राजनीतिलाई ‘डर्टी गेम’का रूपमा चित्रित गर्ने प्रवृत्तिका कारण सक्षम र विद्वान व्यक्तिहरू राजनीतिबाट टाढिँदै गएको बताए । उनले मधेश केन्द्रित राजनीतिक दलहरूसँग एउटै दल बनाएर अघि बढ्न आफूहरूले राखेको प्रस्ताव स्वीकार नगरेको कारण अभियान अघि बढाइएको बताए । राजनीतिलाई समाजको सबैभन्दा जानकार, शिक्षित र आत्मनिर्भर व्यक्तिहरूले नेतृत्व गर्नुपर्ने उनको भनाइ छ । 

उनले राजनीतिक नेतृत्वले आफ्नो व्यक्तित्व र सामाजिक सम्मान पुनर्स्थापित गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

उनले भने, ‘हाम्रो समाजमा मान्छेहरूले ‘पोलिटिक्स इज अ डर्टी गेम’ भन्न थालेका छन् । आज कुनै पनि बाआमाले आफ्ना छोराछोरी राजनीतिमा लागोस् भन्ने चाहँदैन ।जब कि राजनीतिको बारेमा प्लेटोले के भनेको छ भने कि राजनीति गर्ने मान्छे दर्शनशास्त्री हुनुपर्छ ।  कि त दर्शन शास्त्री नै नेता बन्न आउनुपर्छ । राजनीतिमा लाग्ने मान्छे त्यस समाजको सबैभन्दा ज्ञानी व्यक्ति हुनुपर्छ भन्ने मान्यता छ । हाम्रो समाजमा सबैभन्दा ज्ञानी व्यक्ति नेता छैन । आजको दिनमा हाम्रो समाजमा नेता कस्तो छ ? मैले अघि नै भने ब्याक बेन्चरहरु नेता बन्न आएको छ । त त्यसले गर्दा खेरि राजनीतिको त्यो जुन सबैभन्दा विद्वान व्यक्ति आएर राजनीति गर्नुपर्छ भन्ने जुन मान्यता थियो त्यो नभएको हुनाले राजनीति ट्रयाकबाट आउट भएको छ । राजनीति ट्रयाकमा छैन । राजनीतिप्रति जनतामा वितृष्णा पैदा भएको छ । राजनीति गर्ने नेतालाई हेर्न बित्तिकै आदरले शिर निहुरिनु पर्छ । त्यस्तो खालको नेता हुनुपर्छ नेता । हामी यो प्रकारको ट्रेन्डबाट राजनीतिलाई हामी शुद्ध राजनीतिमा ल्याउन खोजिरहेका छौँ ।’

उनले राजनीतिलाई ट्र्याकमा ल्याउँदै युवा पुस्तालाई राजनीतिमा जोड्ने अभियानको मुख्य लक्ष्य रहेको पनि बताएका छन्। 

0 Comments