१२ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

अ अ+ अ-

बाजुरा । केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै यहाँको जनजीवन क्रमशः सामान्य लयमा फर्किँदै गएको छ । आइतबार आंशिक रूपमा सुधार भएको मौसम आजदेखि आकाश खुल्दै घाम लागेपछि जिल्लाका बजार, विद्यालय, सरकारी कार्यालय तथा यातायात सेवा पुनः नियमित हुन थालेका छन् ।

लगातारको वर्षाले प्रभावित जिल्लाभर लामो तथा छोटो दूरी सवारीसाधन पुनः सञ्चालन हुन थालेका छन् भने आजदेखि शैक्षिक संस्थाहरू पनि खुलेका छन् । यस्तै, वर्षाले अवरुद्ध बनेका केही ग्रामीण सडकमा पनि सवारीसाधन सञ्चालन सुरु भएको छ । वर्षाका कारण अवरुद्ध भएको साँफे-मार्तडी सडक खण्ड आइतबार नै पहिरो पन्छाएपछि यातायात पुनः सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मौसम सुधारसँगै किसानहरू पनि खेतबारीको काममा व्यस्त हुन थालेका छन् । वर्षाका कारण ग्रामीण क्षेत्रमा रोकिएको धान बाली काट्ने लगायतका दैनिक काम पुनः सुरु भएको स्थानीय वीरबहादुर बुढाले बताए ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले मौसममा बिस्तारै सुधार आउन थालेपछि यहाँको जनजीवन पनि सामान्य बन्दै गएको बताएका छन् । उनका अनुसार जिल्लाबाट सञ्चालन हुने लामो तथा छोटो दूरीको यातायात आइतबारदेखि नै सुरु गरिएको छ ।

0 Comments