१४ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तह चुनाव केन्द्रित अभियानमा रास्वपा, २० असोजदेखि ७५३ पालिकामा पुग्ने तयारी

अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै देशभर अभियान सञ्चालन गर्ने भएको छ। पार्टीका प्रतिनिधिसभा सदस्य तथा केन्द्रीय सदस्यहरू २० असोजदेखि ७५३ वटै पालिकामा पुग्ने तयारीमा छन्।

संघीय संसद्को चालु अधिवेशन अन्त्य भएपछि पार्टीले पालिका केन्द्रित अभियान सञ्चालन गर्न लागेको हो। यसअघि पनि रास्वपाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा अघि बढाउँदै तयारी तीव्र बनाएको थियो।

रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार अभियानको उद्देश्य नागरिकसँग प्रत्यक्ष संवाद गर्नुका साथै पार्टीको आगामी स्थानीय निर्वाचनसम्बन्धी नीति र तयारीबारे जानकारी गराउनु हो।

उनका अनुसार अभियानका क्रममा स्थानीय तहको कामकारबाही, आगामी निर्वाचनका लागि उम्मेदवार छनोटको विधि तथा पार्टीले अघि सारेको उम्मेदवार छनोटसम्बन्धी प्रक्रियाबारे नागरिकलाई जानकारी दिइनेछ।

उम्मेदवार छनोट प्रक्रिया बुझाइने
रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटमा ‘क्यान्डिडेट क्लब’, ‘लिडरसिप एकेडेमी’ लगायतका संरचना तथा लोकतान्त्रिक छनोट प्रक्रियालाई अघि सारेको जनाएको छ। पार्टीले यसअघि उम्मेदवार छनोटका लागि छुट्टै रूपरेखा अनुमोदन गरी केन्द्रीय सदस्य तथा सांसदलाई निर्वाचनसम्बन्धी अभिमुखीकरणमा परिचालन गर्ने निर्णय गरेको थियो।

सहमहामन्त्री डाँगीका अनुसार स्थानीय तह नागरिकको दैनिक जीवन र विकाससँग प्रत्यक्ष जोडिएको सरकार भएकाले स्थानीय नेतृत्व छनोटको प्रक्रिया र त्यसमा नागरिकको भूमिकाबारे समेत अभियानका क्रममा छलफल गरिनेछ।

रास्वपाले आगामी स्थानीय निर्वाचनमा सक्षम र नेतृत्व लिन तयार व्यक्तिलाई उम्मेदवारका रूपमा अघि बढाउने बताउँदै आएको छ।

सरकारका कामबारे पनि जानकारी दिइने
अभियानका क्रममा वर्तमान सरकार गठन भएको अवधिमा संसद् र सरकारमार्फत भएका नीतिगत पहल तथा नागरिकसँग गरिएका प्रतिबद्धताको कार्यान्वयन अवस्थाबारे समेत जानकारी गराउने रास्वपाले जनाएको छ।

पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरूलाई ७७ जिल्लाका ७५३ वटै पालिकामा परिचालन गर्ने तयारी गरिएको छ।रास्वपाले यस अभियानलाई निर्वाचन तयारीसँगै स्थानीय तहमा नागरिक सहभागिता र जबाफदेहितासँग जोडिएको कार्यक्रमका रूपमा प्रस्तुत गरेको छ। पार्टीले स्थानीय निर्वाचनको तयारीका क्रममा संगठन विस्तार र उम्मेदवार छनोटको कामसमेत अघि बढाइरहेको छ।

0 Comments