रूपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ देवी नगर र बुद्धनगर जोड्ने तिनाउ नदीको पुलबाट साँझ एक पुरुष नदीमा हाम फालेर बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार अन्दाजी ३५ वर्षीय ती पुरुष साँझको समयमा पुलबाट नदीमा हाम फालेका हुन् । नदीमा हाम फालेपछि उनी बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) निशान्त श्रीवास्तवले नदीमा हाम फालेर बेपत्ता भएका पुरुषको खोजी भइरहेको जानकारी दिए । उनका अनुसार बेपत्ता पुरुषको पहिचान हालसम्म खुल्न सकेको छैन ।
बेपत्ता भएका पुरुषको खोजीका लागि प्रहरी परिचालित भइसकेको छ । प्रहरीले खोजीसँगै घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ ।



