१८ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वेस्ट बैंकका किसानका लागि ओलिभ (जैतुन) बाली उठाउने समय संकटपूर्ण: हजारौँ रूख फँडानी

अ अ+ अ-

वेस्ट बैंक । वेस्ट बैंकमा जैतुन बाली उठाउने मुख्य सिजन नजिकिँदै गर्दा त्यहाँका किसान गम्भीर संकटमा परेका छन् । 

लामो समयदेखि परिवारको जीविकोपार्जनको आधार रहँदै आएका हजारौँ जैतुनका रूखहरू पछिल्लो समय बुलडोजरको प्रयोग गरी फँडानी गरिएपछि किसान आफ्नो खेतबारीमा प्रवेश गर्नसमेत असुरक्षित महशुस गरिरहेका छन् । प्यालेस्टिनी किसानका लागि जैतुनका रूखहरू केवल आम्दानीका स्रोत मात्र नभई पुर्खाबाट हस्तान्तरित सांस्कृतिक धरोहर र पारिवारिक एकताको प्रतीक हुन् । 

अक्टोबर ७, २०२३ पछि वेस्ट बैंकमा बढेको सुरक्षा नियन्त्रण, आवतजावतमाथिको प्रतिबन्ध र इजरायली बस्तीहरूको विस्तारले किसानको नियमित कृषि कार्यमा गम्भीर अवरोध पुर्‍याएको छ । जैतुन तथा जैतुन तेल काउन्सिलका निर्देशक फयाद फयादकाअनुसार यस वर्ष मात्रै ८ हजार ४ सय भन्दा बढी पुराना जैतुनका रूखहरू काटिएका वा उखेलिएका छन् । सन् २०१० देखि हालसम्म करिव २ लाख ५० हजार रूखहरू नष्ट भएको तथ्यांकले कृषि क्षेत्रमा परेको असरको भयावह तस्बिर प्रस्तुत गर्दछ । स्थानीय किसान हाजेम हाफेजले आफूहरूको पुर्ख्यौली सम्पत्ति र जीविकोपार्जनको एकमात्र माध्यम बिना कुनै ठोस कारण नष्ट गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

प्यालेस्टिनी कृषि मन्त्रालयले अक्टोबर १५ लाई बाली उठाउने आधिकारिक समय तोकेको भएपनि फिल्डमा पुग्न नसक्ने अवस्थाले गर्दा किसानमा अनिश्चितता छाएको छ । द्वन्द्व र भौतिक संरचनाको विनाशका कारण पुस्तौँदेखि खेती गरिआएका किसानहरू अहिले आफ्नो उत्पादन मात्र होइन, आफ्नो जग्गाको स्वामित्व सुरक्षित राख्न समेत संघर्ष गरिरहेका छन् ।

0 Comments