काठमाडौँ । नेपाली काँग्रेसका नेता गोविन्द भट्टराई १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा पूर्व पार्टी केन्द्रीय सदस्य समेत रहेका भट्टराईले सबैबाट उप सभापति पदमा लड्न सुझाव आएकाले उम्मेदवारी दिने बताए ।
देश तथा विदेशबाट समेत पार्टीलाई बलियो बनाएर एकताबद्ध गर्न तपाईंको नेतृत्व आवश्यक छ भनेर साथीहरूबाट सुझाव आएको छ, उनले भने, मैले त्यसलाई सम्मान गरेर उम्मेदवारी दिने निर्णय गरेको छु ।
इमान्दार र नैतिकवान् नेताको छवि बनाएका भट्टराईले नेविसंघको अध्यक्ष रहँदा भ्रष्टाचारविरुद्ध अभियानको नेतृत्व गरेका थिए ।



