भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित जगातिमा रहेको एक कवाडी गोदाममा सोमबार भीषण आगलागी भएको छ।
गोदाममा अचानक सल्किएको आगो क्षणभरमै फैलिएको थियो। घटनालगत्तै जुद्ध वारुण यन्त्रका दमकल, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।
आगलागीको कारण र त्यसबाट भएको क्षति विवरण आउन बाँकी छ।



