५ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कात्तिकमा ७० लाखको सामान बरामद

अ अ+ अ-

वीरगन्ज(पर्सा) । प्रहरीले कात्तिक महिनामा रु ७० लाख ७० हजार बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । भन्सार छली तथा राजस्व चुहावट नियन्त्रणका क्रममा उक्त सामान बरामद गरिएको हो । 

त्यसैगरी, प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रणका क्रममा बालुवा, ढुंगा तथा गिट्टी ओसारपसारमा प्रयोग भएका १० वटा ट्र्याक्टर नियन्त्रणमा लिएर रु ५० हजार जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। 

अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत छ हजार २६३ लिटर तयारी मदिरा र छ हजार ३८० लिटर कच्चा पदार्थ बरामद गर्नुका साथै सोही क्रममा ११ जना पक्राउ परेका छन् । अवैध वन पैदावार नियन्त्रणतर्फ १० वटा सवारीसाधन नियन्त्रणमा लिई ३९ क्युबिक काठ बरामद गरिएको छ । यसबाट रु एक लाख ९५ हजार राजस्व तथा जरिवाना प्राप्त भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । 

कात्तिक महिनामा पर्सा जिल्लामा ३७ सवारीसाधन दुर्घटना भएका थिए । सो क्रममा दुर्घटनामा परी दुई जनाको मृत्यु भएको थियो भने २८ जना घाइते भएका थिए । यस्तै ट्राफिक नियम उल्लंघन गर्ने ९४१ सवारीसाधनका चालकलाई कारबाही गरी रु १० लाख ८७ हजार राजस्व संकलन गरिएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए । रासस 

0 Comments