२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सानीभेरीको अर्मामा बाढीको वितण्डा, क्षतिको विवरण संकलन हुँदै

भूकम्पले कमजोर बनाएका संरचनामाथि बाढीले थप क्षति पुर्‍याएको अर्मामा मानवीय क्षति नहुनु राहतको विषय बनेको छ।

अ अ+ अ-

रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–१० अर्मामा अविरल वर्षा, असिना र हावाहुरीपछि खहरे खोला उर्लिँदा घर, पशुचौपाया र धानबालीमा क्षति पुगेको छ। बाढी बस्तीमा पसेपछि ज्यान जोगाउन स्थानीय जंगलतर्फ भागेका थिए। अहिलेसम्म मानवीय क्षतिको विवरण भने आएको छैन।

स्थानीयबाट प्राप्त प्रारम्भिक विवरणअनुसार करिब तीन घण्टासम्म परेको वर्षा र असिनापछि खहरे खोलामा एक्कासि बाढी आएको थियो। बाढीले करिब ५ देखि ७ वटा घरमा क्षति पुर्‍याउनुका साथै १२ देखि १४ वटा पशुचौपाया र धानबाली बगाएको बताइएको छ।

भूकम्पपछि जीर्ण अवस्थामा रहेका घरका संरचनामा समेत बाढीले थप क्षति पुर्‍याएको प्रारम्भिक जानकारी छ। बाढी एक्कासि बस्तीमा पसेपछि स्थानीय ज्यान जोगाउन जंगलतर्फ भागेका थिए। राति करिब १२ बजेपछि वर्षा रोकिएको बताइएको छ।

खबरलगत्तै सरकारी संयन्त्र परिचालन
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी निशान राज गौतमले घटना जानकारीमा आएलगत्तै सरकारी संयन्त्र परिचालन गरिएको बताएका छन्।

प्रशासनसँगको कुराकानीमा गौतमले राति १० बजे नै वडाध्यक्षसँग घटनाबारे कुरा भएको जानकारी दिए।

‘हिजो राति १० बजे नै वडाध्यक्षसँग कुरा भएको थियो। खहरे खोला एकैपटक उर्लेर आउँदा केही घरसहित धनजनको क्षति भएको भन्ने जानकारी आएको छ,’ गौतमले भने।

उनका अनुसार सूचना प्राप्त भएलगत्तै सम्बन्धित सरकारी संयन्त्र परिचालन गरिएको छ। घटनाको वास्तविक अवस्था बुझ्न आफू पनि प्रभावित क्षेत्रतर्फ लागेको उनले बताए।

‘खबर आउनेबित्तिकै सरकारी संयन्त्र परिचालन भएको छ। अहिले म आफैँ पनि स्थलगत रूपमा अवस्था बुझ्न त्यतातर्फ जाँदैछु,’ उनले प्रशासनसँग भने।

घटनास्थलमा पुगेपछि प्रभावित परिवार, घर तथा अन्य भौतिक संरचना, पशुचौपाया र कृषिबालीमा भएको क्षतिको यकिन विवरण आउने प्रशासनले जनाएको छ।

0 Comments