२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस १५औँ महाधिवेशन: उम्मेदवारी दर्ता सुरु

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । यस महाधिवेशनमा कूल सात हजार ११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने छन् ।

पार्टीको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण र उम्मेदवारी दर्ता प्रक्रिया सुरु गरेको समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए ।

त्यस्तै दिउँसो १२:३० बजेदेखि अपराह्न ४:०० बजेसम्म उम्मेदवारीका लागि मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ । काँग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाइएको छ । सोमबार संशोधित विधान पारित गरी पदाधिकारी सङ्ख्या १४ बाट बढाएर २६ पुर्‍याएको छ ।

काँग्रेस विधानको नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ । उपसभापति सङ्ख्या चार पुगेको छ । महामन्त्रीको सङ्ख्या तीन पुर्‍याइएको छ । एक महिला महामन्त्री अनिवार्य गरिएको छ ।

त्यस्तै दुई खुला सहमहामन्त्री थपिएका छन् । यससँगै सहमहामन्त्रीको सङ्ख्या ११ पुगेको छ । प्रवक्ता पद पनि थप गरिएको छ । आवश्यकताका आधारमा सह प्रवक्ताको सङ्ख्या थप हुने पार्टीले जनाएको छ ।

0 Comments