२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस १५ औँ महाधिवेशन: नेतृत्वका लागि उम्मेदवारी दर्ताको रौनक

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताको प्रक्रिया तीव्रताका साथ अघि बढेको छ ।

मंगलवार काठमाडौँको राष्ट्रिय सभागृहमा पुगेर पार्टीका विभिन्न तहका नेताहरूले उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहितका पदहरूमा आ-आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

महाधिवेशनमा उम्मेदवारी दर्ता गराउने क्रममा विभिन्न पदमा नेताहरूको लर्को लागेको छ । महामन्त्री पदका लागि नैनसिंह महरले औपचारिक रूपमा मनोनयन दर्ता गराएका छन् । यसअघि नै महामन्त्री पदका लागि प्रदीप पौडेल र डा. सुनिलकुमार शर्माले पनि आफ्नो दाबेदारी प्रस्तुत गरिसकेका छन् ।

उपसभापति पदका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, समावेशी समूहबाट विनोद चौधरी र समावेशी उपसभापतिमा जीवन परियारले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी, महिलातर्फको उपसभापतिमा पुष्पा भुसालले आफ्नो नाम दर्ता गराएकी छन् । महामन्त्री पदमा महिलातर्फ डा. डिला संग्रौला, महालक्ष्मी उपाध्याय ‘डीना’ र रीता खनालले उम्मेदवारी दिएकी छन् ।

त्यस्तै, सहमहामन्त्री पदका लागि देवेन्द्रराज कँडेल र मनोजमणि आचार्यले प्रतिस्पर्धामा उत्रिने तयारी गरेका छन् ।

केन्द्रिय सदस्यमा वासना थापाले पनि उम्मेदवारी दर्ता गराएकी छन् । पार्टीको आगामी नेतृत्व चयनका लागि देशभरबाट जम्मा भएका ७ हजार १ सय १४ महाधिवेशन प्रतिनिधिहरूले मतदान प्रक्रियामा भाग लिनेछन् ।

उम्मेदवारी दर्तासँगै यतिबेला काँग्रेस वृत्तमा चुनावी सरगर्मी निकै बढेको छ । उम्मेदवारहरूले आ–आफ्नो पक्षमा मत तान्न विभिन्न गठबन्धन र प्यानलहरूको छलफललाई पनि तीव्रता दिएका छन् ।

0 Comments