२१ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने संकल्प छ’ : विद्वान गुरुङ

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता विद्वान गुरुङले मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने संकल्पका साथ आफूले पार्टीको केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको बताएका छन् ।

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीको १५ औँ महाधिवेशनमा केन्द्रिय सदस्य पदका लागि आफ्नो उम्मेदवारी दिएको बताएका हुन् । नेता गुरुङले मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउन तरुण पुस्ताको भूमिका महत्त्वपूर्ण हुने बताए । नेता गुरुङले १५ औँ महाधिवेशनलाई पार्टीको ऐतिहासिक मोडको रूपमा व्याख्या गर्दै उनले बदलिँदो राजनीतिक परिवेशमा काँग्रेसलाई थप गतिशीलता प्रदान गर्न र देशव्यापी रूपमा संगठनलाई सबल बनाउन सक्षम नेतृत्व आवश्यक रहेको जिकिर गरे । गुरुङले पार्टीका सबै तह र तप्कामा युवाहरूको सहभागिता बढाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘अहिले नयाँ नेपाल, नयाँ काँग्रेस र नयाँ उत्साहका साथ नेपाली काँग्रेसको ऐतिहासिक १५ औँ महाधिवेशन हुँदैछ । देशलाई नयाँ ढङ्गले अघि बढाउन र तरुणहरूलाई देशव्यापी रूपमा संगठित गर्दै नेपाली काँग्रेसलाई अझ सशक्त बनाउन आजको हाम्रो छलफल महत्त्वपूर्ण हुनेछ । आगामी महाधिवेशनमा हामी व्यापक छलफल गरेर साझा निर्णयमा पुग्नेछौँ । पार्टी सभापति गगन थापाको नेतृत्वमा हामी सबै एकताबद्ध भएर अघि बढ्नेछौँ । यस १५औँ महाधिवेशनमा मैले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा खुलातर्फ आफ्नो उम्मेदवारी घोषणा गरेको छु । यहाँहरूको साथ, सहयोग र समर्थनको अपेक्षा गर्दछु । अब हामी तरुण दलका साथीहरूबीच थप छलफल गरेर सक्षम, योग्य र पार्टीलाई नयाँ दिशा दिन सक्ने उम्मेदवारहरूलाई अघि बढाउनुपर्छ । यस पटक तरुण दल मात्र होइन, सक्षम र ऊर्जावान् नेतृत्वलाई प्राथमिकतामा राखेर निर्णय गरौँ ।’

गुरुङले आफू खुलातर्फ केन्द्रिय सदस्यको उम्मेदवार बनेको बताए । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ पार्न र योग्य व्यक्तिहरूलाई मूल प्रवाहमा ल्याउन तरुण दलले निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

0 Comments