२१ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुरधाममा विजयादशमीको रौनक: शक्ति पीठहरूमा भव्य तयारी

अ अ+ अ-

काठमाडौँ । नेपालीहरूको महान् चाड विजयादशमी नजिकिएसँगै मिथिलाको सांस्कृतिक केन्द्र जनकपुरधाममा तयारी तिब्र पारिएको छ ।

यहाँका प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहितका दर्जनौँ स्थानमा देवी दुर्गाको मूर्ति स्थापना गरी भव्य पूजाअर्चना गर्ने तयारी भइरहेको छ । जनकपुरधाममा यस वर्षको दशैँलाई विशेष बनाउन स्थानीय युवा क्लबहरू सक्रिय रूपमा जुटेका छन् । राजा जनकका कुलदेवी मानिने प्रसिद्ध राजदेवी मन्दिर परिसरमा पूजाको व्यवस्थापनका लागि महावीर युवा कमिटीले १६ वटा विभिन्न समिति तथा उपसमिति गठन गरेर काम गरिरहेको छ । महावीर युवा कमिटीका अध्यक्ष दीपककुमार साहकाअनुसार अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष दशैँलाई थप भव्य र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ । मन्दिर परिसरमा आकर्षक पण्डाल निर्माण र विद्युतीय सजावटका कार्यहरू अन्तिम चरणमा पुगेका छन् ।

त्यस्तै, राम युवा कमिटीले पनि बौद्धी माता र अमरखाना माइ मन्दिरमा पूजाको तयारी शुरु गरेको छ । राम युवा कमिटीका अध्यक्ष विजय साहले धार्मिक अनुष्ठानसँगै दशैँलाई व्यवस्थित बनाउन सरसफाई र व्यवस्थापकीय पाटोमा विशेष ध्यान दिइएको जानकारी दिए ।

केबल राजदेवी र राम मन्दिर मात्र नभई जनकपुरका विद्यापति चोक, भ्रमरपुरा चोक, पिडडीया माइस्थान र रजौल लगायतका स्थानहरूमा पनि स्थानीय युवा क्लबहरूले दुर्गा भवानीको मूर्ति स्थापना गरी पूजाको तयारी गरिरहेका छन् । मन्दिर र पूजा स्थलहरूलाई रंगीचंगी बत्ती र कलात्मक पण्डालले सिँगार्ने कार्यले जनकपुरधाममा दशैँको उत्साहपूर्ण वातावरण छाएको छ ।

0 Comments