२२ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षाले धान बालीमा क्षति

अ अ+ अ-

बाँके । बुधबार परेको वर्षाका कारण बाँकेमा धान बालीमा ठूलो क्षति पुगेको छ । धेरै ठाउँमा धान बाली ढलेर किसानलाई समस्या भएको छ ।

हावाहुरीसहितको वर्षाले पाकेको बीउ धानमा ठूलो क्षति पुर्‍याएको राप्ती सोनारीको साकार कृषि सहकारी संस्थाका व्यवस्थापक जमानसिंह वलीले बताए । उनका अनुसार किसानले १५० बिगाहमा रोपेको बीउ धानमा वर्षाले क्षति पुर्‍याएको छ । स्यहार्ने बेला वर्षाले क्षति पुर्‍याएपछि आगामी वर्षको लागि धानको बीउ अभाव हुने भएको छ ।

बीउ धान खेतीका लागि सहकारीले किसानलाई बीउ वितरण गर्दै आएको छ । किसानले बीउ धान उत्पादन गरेर सहकारीलाई बिक्री गर्ने गरेको व्यवस्थापक वलीले बताए । यो वर्ष पानी राम्रो परेका कारण धान राम्रो फले पनि स्यहार्ने बेला वर्षाले क्षति पुर्‍याएको उनको गुनासो छ ।

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माले पाकेर थन्क्याउने बेलाको वर्षाले धान बालीमा ठूलो क्षति पुर्‍याएको बताइन् । बाँकेका विभिन्न स्थानमा धान बालीमा  वर्षाले क्षति पुगेको जानकारी आए पनि क्षतिको यकिन विवरण संकलन भई नसकेको उनले जानकारी दिइन् । बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान रोपाइँ हुने गरेको छ । यो वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र का सूचना अधिकारी शर्माले बताइन्। 

0 Comments