२२ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘काँग्रेसमा कोही निर्विकल्प हुँदैन, पार्टी निर्माणको योजनासहित सभापतिमा उठेको हुँ’ : श्यामकृष्ण खड्गी

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले पार्टीमा कुनै पनि व्यक्ति निर्विकल्प नहुने भन्दै आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउने उद्देश्यसहित आफू नेतृत्वको प्रतिस्पर्धामा उत्रिएको बताएका छन्।

बिहीबार विज्ञप्ति जारी गर्दै खड्गीले काँग्रेसलाई सशक्त बनाउने कार्ययोजना र प्रतिबद्धतासहित सभापति पदमा उम्मेदवारी दिएको उल्लेख गरेका हुन्।

उनले काँग्रेस र लोकतन्त्रसामु देखिएका चुनौती सामना गर्न सक्ने पार्टी निर्माण आफ्नो प्राथमिकता रहेको बताएका छन्। पार्टीभित्र नेतृत्वको विकल्प खुला रहनुपर्ने मान्यताका आधारमा आफू महाधिवेशन प्रतिनिधिसमक्ष प्रस्तुत भएको उनको भनाइ छ।

खड्गीले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै दबाब वा प्रभावमा नपरी स्वतन्त्र रूपमा मतदान गर्न आग्रह गरेका छन्। प्रतिनिधिहरूले आफ्नो विवेकअनुसार नेतृत्व चयन गर्न पाउनुपर्नेमा जोड दिँदै उनले मतदानदेखि मतगणना र परिणाम घोषणासम्मको प्रक्रिया निष्पक्ष तथा भयमुक्त हुनुपर्ने बताएका छन्।

उनले निर्वाचन प्रक्रियामा सहभागी सबै पक्षलाई निष्पक्षता सुनिश्चित गर्नसमेत आग्रह गरेका छन्।

काँग्रेसको ऐतिहासिक भूमिका उल्लेख गर्दै खड्गीले पार्टीले आन्तरिक तथा बाह्य लोकतन्त्रका पक्षमा संघर्ष गर्दै आएको बताएका छन्। सोही लोकतान्त्रिक अभ्यासलाई पार्टीभित्र थप मजबुत बनाउने उद्देश्यले आफ्नो उम्मेदवारी अघि सारेको उनको भनाइ छ।

पार्टीलाई संगठनात्मक रूपमा सशक्त बनाउने र लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्ने प्रतिबद्धतासहित नेतृत्वको प्रतिस्पर्धामा सहभागी भएको खड्गीले विज्ञप्तिमार्फत स्पष्ट पारेका छन्।

0 Comments