२३ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा पाँच जनाको ज्यान जाने गरी भएको स्कुल बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन

पुरानो गाडी र तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान, पाँच दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

अ अ+ अ-

काठमाडौँ । पोखरामा पाँच जनाको ज्यान जाने गरी भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले पाँच सदस्यीय समिति गठन गरेको छ।

पुरानो गाडी र तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमानका बीच महानगरपालिकाले घटनाको वास्तविक कारण पहिचान गर्न समिति गठन गरेको हो।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलका अनुसार महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य छन्।

समितिलाई दुर्घटनाको सत्यतथ्य पत्ता लगाउने, कारण पहिचान गर्ने र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने सुधारका उपायसहित पाँच दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए।

समितिले दुर्घटनामा परेको बसको प्राविधिक अवस्था, दुर्घटनासँग सम्बन्धित परिस्थिति तथा विद्यालयका सवारीसाधनको सुरक्षा व्यवस्थाबारे अध्ययन गर्नेछ। विद्यार्थीको सुरक्षित आवागमन सुनिश्चित गर्न आवश्यक सावधानी र सुधारका उपायसमेत समितिले सिफारिस गर्नेछ।

पोखरा महानगरपालिका-२८, माझठानाबाट विद्यार्थी लिएर आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस कालिकास्थित ओख्लेको भीरमा दुर्घटनामा परेको थियो।

दुर्घटनाका बेला बसमा विद्यार्थी, चालक र सहचालकसहित २१ जना सवार थिए। दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने अन्य १६ जना घाइते भएका थिए। घाइतेहरूको उपचार भइरहेको र उनीहरू खतरामुक्त रहेको जनाइएको छ।

प्रहरीले पुरानो गाडी र तीव्र गतिलाई दुर्घटनाका सम्भावित कारणका रूपमा हेरेको छ। यद्यपि, दुर्घटनाको यकिन कारण प्राविधिक परीक्षण र विस्तृत छानबिनपछि मात्रै स्पष्ट हुनेछ।

0 Comments