३१ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जग्गा भाडामा लिएर सयपत्री खेती

अ अ+ अ-

तुलसीपुर(दाङ) । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाका कार्यसमितिका सदस्य र कर्मचारी अहिले सयपत्री खेतीमा व्यस्त देखिन्छन् । 

एक हजार २०० सदस्य रहेको उक्त सहकारीले बनकट्टामा एक बिघा जग्गा भाडामा लिएर सयपत्री खेती गरेपछि त्यही खेतीको स्याहार सुसारमा व्यस्त रहने गरेका हुन् । चाडपर्वलाई लक्षित गरी यसरी सयपत्री खेती गरिएको संस्थाका अध्यक्ष चित्रा धितालले बताए। “अहिले सबै कार्यसमिति र कर्मचारी यही हजारी खेतीको स्याहारमा लागेका छौँ,” उनले भने “अहिले हजारीको सिजन भएकाले हामी यतातिर लागेका हौँ ।” 

उनका अनुसार ‘कर्म’ जातको सयपत्री खेती गरिएको हो । सुरुमा करिब तीन लाख बढी खर्च भएको छ । बीउ, मल्चिङ तथा खेत जोताइलगायत उक्त बराबरको खर्च भएको हो । 

तिहारलाई लक्षित गरी साउन २६ गते सयपत्री रोपिएको ४५ दिन मै फुलेपछि आफू चिन्तित बनेको अध्यक्ष धितालले बताए । दसैँभन्दा अघि नै सयपत्री फुल्दा आफूले सोचेअनुसार आम्दानी हुँदैन, की भन्ने चिन्तामा रहेको उनले बताए। “मैले तिहारलाई लक्षित गरेका थिए,” उनले भने “तर, दसैँमा फुल्यो, यसले गर्दा सोचेअनुसार आम्दानी हुँदैन की भन्ने लाग्छ ।” 

सयपत्रीमा नियमित सिँचाइ गरेमा तीन पटकसम्म फुल्ने भएकाले सोहीअनुसार काम गरिरहेको उनले बताए। १२ देखि १६ लाखसम्म आम्दानी गर्ने लक्ष्य राखिएको अध्यक्ष धितालको भनाइ छ ।  

दसैँ अगावै फुलेपनि सामाजिक सञ्जालबाट प्रचार गर्दा काठमाडौँसम्म पठाएको अध्यक्ष धितालको भनाइ छ । टिकटक र फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग गरी असोज मै करिब दुई क्विन्टल फूल काठमाडौँ पठाइसकिएको छ । विदेशबाट माग आएको उनले बताए । 

पाँच वर्षका लागि जग्गा भाडामा लिएर यसरी सयपत्री खेती गरिएको हो । कठ्ठाको वार्षिक दुई हजारका दरले यसरी जग्गा भाडामा लिइएको हो । कृषि सहकारी भएकाले सयपत्रीबाट राम्रो मनग्य लिन सकिने भएकाले यो खेतीतर्फ लागिएको उनले बताए।

0 Comments