२ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुला र बोल्सोनारोबीच चुनावी बहस हुँदै

अ अ+ अ-

रियो डी जेनेरियो । ब्राजिलमा राष्ट्रपति निर्वाचनको प्रतिस्पर्धा तीव्र भइरहेका बेला वामपन्थी राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा र दक्षिणपन्थी सिनेटर फ्लेभियो बोल्सोनारो आइतबार पहिलो टेलिभिजन बहसमा आमनेसामने हुँदै छन् । अर्थतन्त्र, भ्रष्टाचार र सुरक्षा प्रमुख चुनावी मुद्दा बनेका छन् ।

पूर्व राष्ट्रपति जायर बोल्सोनारोका ४५ वर्षीय छोरा फ्लेभियोले पहिलो चरणको मतदानमा लुलालाई पछि पारेका थिए । पछिल्ला दुई सर्वेक्षणमा उनको अग्रता घटेर ५१ प्रतिशतमा झरेको छ भने लुलाको समर्थन ४९ प्रतिशत देखिएको छ ।

बहसअघि दुवै पक्षले देशभर र्‍याली निकालेका छन् । साओ पाउलोमा फ्लेभियोको समर्थनमा भएको र्‍यालीमा करिब ७१ हजार सहभागी भएको साओ पाउलो विश्वविद्यालयका पर्यवेक्षकले बताएका छन् । रियो डी जेनेरियो र राजधानी ब्रासिलियामा लुलाका समर्थकले पनि प्रदर्शन गरेका छन् । गायक केटानो भेलोसोले रियोमा लुलाको समर्थनमा ‘लोकतन्त्रका लागि र्‍याली’ को नेतृत्व गरे । 

एकासी वर्षीय लुलाले कामदारलाई सातामा दुई दिन तलबसहित बिदा, साना उद्यमीको ऋण मिनाहा, विश्वविद्यालय छात्रवृत्ति र इन्धन कर हटाउने प्रतिबद्धता जनाएका छन् ।  बढ्दो सार्वजनिक ऋणका कारण उहाँका खर्चिला योजनाको आलोचना भइरहेको छ । फ्लेभियोले भने अपराध नियन्त्रणलाई प्राथमिकता दिँदै जेलमा रहेका आफ्ना बुबालाई मुक्त गराउने वाचा गरेका छन् । 

सन् २०२२ को निर्वाचनपछि विद्रोहको षड्यन्त्र रचेको आरोपमा २७ वर्षको जेल सजाय भोगिरहेका पूर्व राष्ट्रपति जायर बोल्सोनारोप्रति रूढिवादी मतदाताको समर्थन कायम छ । अर्थतन्त्र, भ्रष्टाचार, सामाजिक कल्याण र सुरक्षाका मुद्दाबीच हुन लागेको पहिलो बहसलाई दुवै उम्मेदवारका लागि महत्त्वपूर्ण मानिएको छ ।

0 Comments