३ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिरासतमा रहेकी सुकीलाई बेलायती राजाको उपहार

अ अ+ अ-

याङ्गुन । म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीलाई बेलायतका राजा चाल्र्स तृतीयले पठाएको प्याकेज सोमबार प्राप्त भएको छ । म्यान्माका अधिकारीहरूले दुई महिनापछि उनको पहिलो तस्बिर सार्वजनिक गर्दै ‘विशेष महिला कैदी’ भनेर उल्लेख गरेका छन् ।

प्याकेजमा माटोसम्बन्धी दुई पुस्तक, एउटा सिलबन्दी खाम र राजाले पठाएको गोप्य कूटनीतिक पत्र रहेको म्यान्माका राष्ट्रपतीय प्रवक्ताले बताएका छन् ।

सन् २०२१ को सैनिक विद्रोहबाट सत्ताच्युत भएकी सुकीलाई पछि नजरबन्दमा सारिएको थियो । गत अप्रिलमा पूर्वसैनिक शासक मिन आङ ह्लाइङ नागरिक राष्ट्रपतिका रूपमा स्थापित हुनुभएको निर्वाचनमा उनको पार्टी सहभागी हुन पाएको थिएन ।

सैनिक विद्रोहपछि म्यान्मामा गृहयुद्ध चर्किएको छ । द्वन्द्वमा एक लाखभन्दा बढी मानिसको मृत्यु भएको द्वन्द्व अनुगमन संस्था एसीएलइडीले जनाएको छ ।

बेलायतले सुकीको हिरासतलाई ‘मनमानी नजरबन्द’ भन्दै उहाँलाई तत्काल र बिनासर्त रिहा गर्न माग गर्दै आएको छ । बेलायती विदेश कार्यालयले भने प्याकेज कूटनीतिज्ञमार्फत हस्तान्तरण गर्ने प्रयास भएको थियो वा त्यसका लागि अनुमति अस्वीकार गरिएको थियो भन्ने स्पष्ट पारेको छैन ।

0 Comments