३ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेलेन्स्की र रुबियोबीच रक्षा सहयोग तथा शान्ति प्रयासबारे छलफल

अ अ+ अ-

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच मङ्गलबार टेलिफोन वार्ता भएको छ । वार्तामा युक्रेनलाई रक्षा सहयोग उपलब्ध गराउने तथा रुस–युक्रेन द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास अघि बढाउने विषयमा छलफल भएको जेलेन्स्कीले बताएका छन् ।

जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै वार्ताका क्रममा ब्यालेस्टिक मिसाइल रोक्ने प्रतिरक्षा प्रणाली उपलब्ध गराउने, रुसी ब्यालेस्टिक मिसाइल आक्रमणबारे पूर्वसूचना दिने व्यवस्था गर्ने तथा स्टारलिङ्क र स्टारसिल्ड सेवा पुनः सञ्चालनमा ल्याउने आवश्यकताबारे कुराकानी भएको जानकारी दिएका छन् ।

त्यसैगरी, जारी द्वन्द्व अन्त्य गर्न कूटनीतिक प्रयासलाई अघि बढाउने विषयमा पनि दुवै नेताबीच छलफल भएको उनले उल्लेख गरे । जेलेन्स्कीले युक्रेनलाई सहयोग गर्न देखाएको तत्परता र स्पष्ट अडानका लागि रुबियोलाई धन्यवाद दिएका छन् । उनले टेलिफोन वार्तालाई ‘अर्थपूर्ण’ र ‘रचनात्मक’ भएको बताए ।

दुवै नेताले पछिल्लो अवस्थाबारे जानकारी आदानप्रदान गर्न छिट्टै पुनः कुराकानी गर्ने सहमति पनि जनाएका छन् । यसअघि आइतबार जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुशनरसँग शान्ति प्रक्रियाका विषयमा छलफल गरेका थिए । रुस–युक्रेन द्वन्द्व अन्त्यका लागि कूटनीतिक पहल जारी रहेका बेला युक्रेनले आफ्नो रक्षा क्षमता सुदृढ गर्न अमेरिकासँग सहयोग मागिरहेको छ ।

0 Comments