८ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

अ अ+ अ-

काठमाडौँ । विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व सम्पदा स्थललाई जोड्दै ५०० भन्दा बढी साइकल यात्रीले पोलियो उन्मूलनको सन्देश फैलाएका छन् ।

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको पोलियोप्लस उपसमितिले पोलियो रोगविरुद्ध जनचेतना बढाउने उद्देश्यले मेगा साइकल र्‍याली आयोजना गरेको हो ।

‘इन्ड पोलियो नाउ’ अर्थात् ‘पोलियो अन्त्य गरौँ’ भन्ने नारासहित भएको र्‍यालीमा विभिन्न रोटरी क्लबका सदस्य, साइकल यात्री तथा अन्य सहभागीहरू जोडिएका थिए ।

भक्तपुर दरबार स्क्वायरबाट बिहान सुरु भएको र्‍याली चाँगुनारायण, बौद्ध, पशुपतिनाथ, स्वयम्भू र हनुमानढोका दरबार स्क्वायर हुँदै ललितपुरको पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न भएको थियो । र्‍यालीले काठमाडौँ उपत्यकाका सातवटा युनेस्को विश्व सम्पदा स्थललाई समेटेको थियो ।

ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धननसँगै बालबालिकालाई पोलियोबाट जोगाउन नियमित खोपको महत्त्वबारे सन्देश दिन र्‍याली आयोजना गरिएको आयोजकले जनाएको छ । र्‍यालीको उद्घाटन समारोहमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटरियन विष्णुबहादुर कार्की, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, रोटरी पोलियो ब्रान्ड एम्बासडर तथा मिस वर्ल्ड नेपाल दीपमाला धकाललगायत विभिन्न रोटरी क्लबका प्रतिनिधिहरू सहभागी थिए ।

त्यसैगरी रोटरी क्लब आफ आरसी भक्तपुरले कार्यक्रम आयोजना गरेको थियो । क्लबका अध्यक्ष दशरथ प्रजापतिले यस्ता कार्यक्रम आगामी दिनमा पनि सञ्चालन गर्ने बताए । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बालबालिकालाई रोगबाट सुरक्षित राख्न नियमित खोप र जनचेतनाको महत्त्व रहेको बताए ।

“बालबालिकाको स्वास्थ्य सुरक्षित राख्नु परिवारको मात्र नभई सिंगो समाजको जिम्मेवारी हो, पोलियोजस्तो रोगबाट बच्न नियमित खोप आवश्यक छ । यस्ता अभियानले स्वास्थ्यसम्बन्धी सन्देश समुदायसम्म पुर्‍याउन सहयोग गर्छन्” प्रजापतिले भने । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटरियन विष्णुबहादुर कार्कीले पोलियो उन्मूलनका लागि निरन्तर जनचेतना र सामूहिक प्रयास आवश्यक रहेको बताए ।

रोटरी पोलियो ब्रान्ड एम्बासडर तथा मिस वर्ल्ड नेपाल दीपमाला धकालले पोलियोबारे जनचेतना फैलाउन समाजका सबै पुस्ताको सहभागिता आवश्यक रहेको बताइन् ।

हरेक वर्ष अक्टोबर २४ मा मनाइने विश्व पोलियो दिवसले पोलियो रोगको विश्वव्यापी उन्मूलनका लागि भइरहेका प्रयासलाई बलियो बनाउने उद्देश्य राख्छ । यस अवसरमा नियमित खोपको महत्त्व, रोगबारे जनचेतना र बालबालिकाको स्वास्थ्य सुरक्षामा जोड दिने गरिन्छ ।

0 Comments