८ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई सैनिकको मृत्युपछि वेस्ट बैंकको हेब्रोनमा इजरायलको भीषण सैन्य कारबाही सुरु

अ अ+ अ-

एजेन्सी । वेस्ट बैंकको हेब्रोन सहरनजिकै भएको गोलीबारीमा आफ्ना दुई सैनिक मारिएपछि इजरायली सेनाले शुक्रवार रातिदेखि त्यहाँ व्यापक सैन्य कारबाही सुरु गरेको छ । इजरायली नेतृत्वले आक्रमणकारी आएको क्षेत्रका बासिन्दालाई विस्थापित गर्ने र भौतिक संरचनाहरू भत्काउने चेतावनी दिए लगत्तै सेनाले हेब्रोनलाई घेराबन्दीमा पारेर यो अपरेसन थालेको हो । 

इजरायली सेना र आन्तरिक सुरक्षा निकाय ‘सिन बेट’ ले जारी गरेको संयुक्त विज्ञप्तिअनुसार यो कारबाही आगामी केही दिनसम्म जारी रहनेछ । आक्रमणमा संलग्न दुई प्यालेस्टिनी बन्दुकधारी आएको विशिष्ट क्षेत्रलाई केन्द्रित गरी कारबाही अगाडि बढाइएको सुरक्षा निकायले जनाएको छ। विज्ञप्तिमा भनिएअनुसार यस अभियानको मुख्य उद्देश्य विद्रोही पूर्वाधारहरू नष्ट गर्नु, हतियार बरामद गर्नु र संदिग्धहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्नु रहेको छ । 

इजरायली सेनाले यो अपरेसन लक्षित क्षेत्रमा मात्र सीमित रहने दाबी गर्दै सुरक्षा जाँच र सोधपुछपछि स्थानीय बासिन्दालाई तीन वटा तोकिएका नाकाबाट बाहिरिन अनुमति दिइने जनाएको छ । यसअघि इजरायलका रक्षामन्त्री इजरायल काट्जले जेनिन शरणार्थी शिविरमा अपनाइएको कडा सैन्य नीति अब हेब्रोनमा पनि विस्तार गरिने घोषणा गरेका थिए । 

सामाजिक सञ्जाल एक्समा लेख्दै मन्त्री काट्जले बन्दुकधारी निस्किएको सम्पूर्ण बस्तीलाई खाली गराइने र गाजा तथा लेबनानमा जस्तै विद्रोही संरचनाहरू ध्वस्त पारिने चेतावनी दिएका थिए । इजरायलमा हुन लागेको संसदीय निर्वाचनको चार दिनअगाडि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले समेत हेब्रोनमा सैन्य कारबाही र संरचना भत्काउने अभियानलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । हेब्रोननजिकै भएको सशस्त्र आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका थिए । घटना लगत्तै इजरायली सुरक्षा बलको जवाफी कारबाहीमा दुवै प्यालेस्टिनी बन्दुकधारीहरू घटनास्थलमै मारिएका थिए । उक्त घटनापछि वेस्ट बैंक क्षेत्रमा तनाव थप चुलिएको छ । 

0 Comments