८ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीयता खारेज होइन, थप व्यवस्थित र प्रभावकारी बनाउन चाहन्छौँ : सांसद झा

अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आफ्नो पार्टी संघीयता विरोधी नभएको स्पष्ट पार्दै विद्यमान संघीय संरचनालाई थप व्यवस्थित, चुस्त र प्रभावकारी बनाउनुपर्ने पक्षमा रहेको बताएका छन् ।

जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद झाले संघीयताको विरोध गर्नुको सट्टा यसको संस्थागत सुदृढीकरण र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताएका हुन् । उनले प्रदेशसभा र प्रदेश परिषद्को अवधारणामार्फत संघीय संरचनालाई थप परिणाममुखी बनाउने विषयमा पार्टीले जोड दिएको उल्लेख गरे ।

‘हामी संघीयताको विरोधी होइनौँ । बरु संघीयतालाई अझ व्यवस्थित, चुस्त र दुरुस्त बनाउन चाहन्छौँ,’ उनले भने, ‘हामी प्रदेशसभा र प्रदेश परिषद्को अवधारणातर्फ अघि बढ्न चाहन्छौँ । संघीयताका विषयमा हाम्रो धारणा स्पष्ट छ।’

सांसद झाले राजनीतिक दलभित्रको आन्तरिक एकता, अनुशासन र वैचारिक स्पष्टताले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन सहयोग पुग्ने बताए । आपसी विवाद, अस्वस्थ प्रतिस्पर्धा तथा आरोप-प्रत्यारोपले राजनीतिक उद्देश्य प्राप्तिमा बाधा पुर्‍याउने उनको भनाइ थियो ।

‘हामी एकजुट हुन आवश्यक छ । आपसमै झगडा गर्ने र एकअर्कामाथि झुटा आरोप-प्रत्यारोप लगाउने हो भने हामी कहीँ पुग्न सक्दैनौँ,’ उनले भने, ‘अध्ययन, विचार र संस्कारमा आधारित सुसंस्कृत राजनीतिक अभ्यासलाई आत्मसात् गर्दै अघि बढ्नुपर्छ ।’

उनले मधेसमा गत निर्वाचनमा रास्वपाले उल्लेखनीय मत प्राप्त गरेको दाबी गर्दै आगामी स्थानीय तहको निर्वाचनका लागि संगठनात्मक एकता र सक्रियता बढाउन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

मधेसमा राजनीतिक तथा सामाजिक एकता कायम राख्नुपर्नेमा जोड दिँदै झाले समुदायभित्र देखिने आपसी विवाद र आरोप-प्रत्यारोपको प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । उनले राजनीतिक संस्कार, वैचारिक बहस र जिम्मेवार नेतृत्वमार्फत लोकतान्त्रिक अभ्यासलाई थप परिपक्व बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए ।

संघीयताको प्रभावकारिता बढाउन संरचनागत सुधारसँगै राजनीतिक दलहरूको कार्यशैली र अभ्यासमा पनि सुधार आवश्यक रहेको उनको भनाइ थियो ।

0 Comments