१० कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गजेन्द्र मोक्ष नारायण मुक्तिनाथ रथयात्रा पोखरामा

अ अ+ अ-

कास्की । सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतनाको विस्तार तथा राष्ट्रिय धार्मिक र सांस्कृतिक एकताको सन्देश बोकेर प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट सुरु भएको मेची–महाकाली गजेन्द्र मोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार  पोखरा आइपुगेको छ ।

मुक्तिनाथ मन्दिरका पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)को सत्सङ्कल्पअनुसार मुक्तिनाथ मन्दिरबाट यही कात्तिक ८ गतेदेखि सुरु भएर पोखरा आइपुगेको रथयात्राका क्रममा धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा विशेष कार्यक्रम गरी स्वागत गरिएको थियो ।

सो अवसरमा भक्तजन तथा दर्शनार्थीहरुको घुइँचो लागेको थियो । यात्राको दोस्रो दिनमा बाग्लुङको पञ्चकोट–बाग्लुङबजार–मालढुङ्गा–कुश्मा–नौडाँडा–हेमजा हुँदै विन्ध्यवासिनी मन्दिरमा स्वागत कार्यक्रम गरिएको थियो । त्यसपछि पोखरा नगर परिक्रमा गरी श्रीमुक्तिनाथ सन्तसेवाश्रम रामघाटमा रात्रि विश्राम गरिएको छ ।

पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिकस्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामलाई जोड्दै आम नेपालीमा धार्मिक आस्था, आध्यात्मिक चेतना र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले रथयात्रा आयोजना गरिएको मुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी श्रीकृष्ण प्रपन्नाचार्यले बताए । उनले कात्तिक महिनाभर रथयात्रा सञ्चालन हुने जानकारी दिए ।

“रथयात्राले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै तीर्थस्थलबीचको आपसी सम्बन्ध विस्तार, सनातन संस्कृतिको संरक्षण र आध्यात्मिक जागरणमा समेत योगदान पुर्‍याउनेछ ।” उनले भने । कात्तिक मसान्तमा रथयात्राको समापनपछि आगामी मङ्सिर १ देखि २९ गतेसम्म त्रिवेणीधाममा गजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञको आयोजना गरिएको उनले जानकारी दिए।

“ऐतिहासिक विशाल धन्याचल महायज्ञमा २५ फिट अग्लो विशाल सिद्धीस्तम्भ (मौलो) स्थापना गरिनेछ र हजारौँ धान्यप्रदाताहरुबाट धान अर्पण गरी परिपूर्ण गरिनेछ । कृषकको सम्मान, कृषिको प्रवर्द्धन र सनातन संस्कृतिको संरक्षणका लागि सबै जना सहभागी हुनुहुनेछ ।” स्वायमी प्रपन्नाचार्यले भने। 

विराट महायज्ञमा विशाल धन्याचलसहित अष्टाचल, श्रीराम अभिमन्त्रित चामलका साथमा चार वेद १८ पुराणसहित वैदिक सत्शास्त्रहरुको पारायण, हवन, कथाप्रवचन, भजन सङ्गीत, गौपूजन, दैनिक १०८ कन्यापूजन, बटुकपूजन, पाँच करोड दीपप्रज्वलन र वैदिक सनातन धर्म महासम्मेलनलगायतका कार्यक्रम राखिएको छ । 

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका महासचिव सुशीला बराल रेग्मीले ऐतिहासिक धार्मिक सम्पदा विन्ध्यवासिनीमा रथयात्राको स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै नेपालका धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा यसबाट टेवा पुग्ने बताए।  

0 Comments