२० कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनपीएलमा आज पनि दुई खेल हुँदै, कर्णाली र सुदूरपश्चिम तथा चितवन र पोखरा भिड्दै 

अ अ+ अ-

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्ने तालिका रहेको हो ।

सुदूरपश्चिम र कर्णालीबीचको खेल मध्याह्न १२:३० तथा चितवन र पोखराबीचको खेल अपराह्न ५:०० बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछन् । जारी एनपिएलमा कर्णालीले तीन खेल खेल्दा दुईमा जित र एक खेलमा मात्र हार व्यहोरेको छ । ऊ लगातार दुई जितपछि पछिल्लो खेलमा काठमाण्डु गोर्खाजविरुद्ध पराजित भएको थियो ।

कर्णाली आज सुदूरपश्चिमलाई हराएर तेस्रो जित निकाल्ने योजनामा छ । सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ । उसले चार खेल खेल्दा दुईमा जित र दुई खेलमा हारको सामना गरेको छ । सुदूरपश्चिम आज कर्णालीलाई हराएर अंक तालिकामा सुधार गर्ने योजनामा छ ।

आजको दोस्रो खेलमा प्रतिस्पर्धा गर्ने पोखरा अहिलेसम्म जितविहीन छ । उसले तीन खेल खेल्दा सबै खेलमा हारको सामना गरेको छ । कुशल भूर्तेल नेतृत्वको पोखरा आज चितवनलाई हराएर जितको खाता खोल्ने योजनामा छ ।

चितवन कमजोर देखिएको पोखराविरुद्ध जित दर्ता गरेर प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा छ । उसले चार खेल खेल्दामा दुई खेलमा जित, एकमा हार तथा एक खेलमा वर्षाका कारण अंक बाँडेको छ । जारी संस्करणको एनपिएलमा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । 

0 Comments