२२ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बराहतालमा १४ थान अवैध भरुवा बन्दुक फेला

अ अ+ अ-

कर्णाली । सुर्खेत पश्चिममा अवस्थित बराहताल गाउँपालिकाको ५ र ७ वडाका जंगलमा १४ थान अवैध भरुवा बन्दुक फेला पारिएको छ ।

सुर्खेत बराहाताल गाउँपालिका-५ स्थित साजघारी सामुदायिक वनमा भरुवा बन्दुक लुकाइराखेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली परिचालन गरिएको हो ।

उक्त सामुदायिक वनमा खोजतालस गर्दा झाडीभित्र लुकाइछिपाई राखेको अवस्थामा चार थान साबुत र दुईवटा नाल बेसाबुत गरी जम्मा छ थान अवैध भरुवा बन्दुक फेला पारिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए ।

त्यसैगरी, सोही गाउँपालिकाको वडा नं ७ स्याउलेस्थित पानीडाँडा सामुदायिक वनमा भरुवा बन्दुक लुकाइछिपाई राखेको सूचनापछि प्रहरी निरीक्षक शाही नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । उक्त स्थानमा खोजतलास गर्दा तीन थान बेसाबुत र  पाँच थान साबुत गरी जम्मा आठ थान अवैध भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारिएको सूचना अधिकारी बोहोराले बताए। 

फेला पारिएका अवैध भरुवा बन्दुक इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतमा ल्याई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

0 Comments