२२ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छ दिनमा तीन हजार बढी पर्यटक सिक्लेस पुगे

अ अ+ अ-

पोखरा । पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँसिक्लेसमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । पछिल्लो छ दिनमा तीन हजारभन्दा बढी पर्यटकले सिक्लेसको भ्रमण गरेका छन् ।

मादी गाउँपालिका-१ का वडाध्यक्ष देविजङ्ग गुरुङका अनुसार नोभेम्बर १ देखि ६ तारिख (कात्तिक १५-२० गते) सम्म तीन हजार १४६ जना पर्यटक सिक्लेस पुगेका छन् । यस आधारमा सिक्लेसमा दैनिक औसत ५२४ जना पर्यटक भित्रिएका उनले बताए। 

गाउँ पुगेका पर्यटकमध्ये अधिकांशले सिक्लेसको बसाइँपछि प्रख्यात पर्यटकीय गन्तव्य कोरी तथा हिमनदी तालक्हफुचेतर्फ पदयात्रा तय गर्ने वडाध्यक्ष गुरुङले जानकारी दिए। छ दिनको पर्यटक आवागमनको विवरणअनुसार सबैभन्दा बढी पर्यटक कात्तिक १८ गते सिक्लेस पुगेका छन् । सो दिन एकैपटक ७१९ जना पर्यटक गाउँ पुगेका थिए भने सबैभन्दा कम कात्तिक १५ गते २५४ जना यहाँ पुगेका वडाध्यक्ष गुरुङले जानकारी दिए। 

पर्यटकको यस्तो उत्साहजनक आगमनले स्थानीय होटल तथा घरबास (होमस्टे) व्यवसायीमा नयाँ उत्साह थपेको उनले बताए । कास्कीको सदरमुकाम पोखराबाट करिब ३८ किमीको दूरीमा पर्यटकीय गाउँ सिक्लेस अवस्थित छ । यस गाउँमा करिब ४०० घरधुरी छन् । यहाँ गुरुङ समुदायको बाहुल्यता छ ।

0 Comments