२३ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक

अ अ+ अ-

काठमाडौँ । नेपाली विद्यार्थीले पाँचौँ अन्तर्राष्ट्रिय ओलम्पियाड अन एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स-कनिष्ठतर्फ स्वर्ण पदक जितेका छन् ।

थाइल्यान्डको उबोन रात्चाथानीमा यही कात्तिक १५ देखि आज (नोभेम्बर १ देखि ८) सम्म आयोजित पाँचौँ अन्तर्राष्ट्रिय ओलम्पियाड अन एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स– कनिष्ठ (आइओएए–जेआर २०२६) मा नेपाली विद्यार्थी टोलीले सबैभन्दा ठूलो र अभूतपूर्व सफलता हासिल गरेको हो ।

विश्वभरका प्रतिभावान युवा मस्तिष्कमाझ भएको यस प्रतिस्पर्धामा नेपालले खगोल विज्ञान विधामा एक स्वर्ण, एक कास्य र एक सम्मानजनक उल्लेख (अनरेबल मेन्सन)उपाधि जित्न सफल भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटी(नासो)का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

प्रतियोगितामा नेपाली टोलीका सदस्य शाहवाज आलमले ऐतिहासिक स्वर्ण पदक प्राप्त गरी नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा अंकित गराएको उनले बताए । समग्र अन्तर्राष्ट्रिय विज्ञान ओलम्पियाडको इतिहासमै कुनै पनि नेपाली विद्यार्थीले देशका लागि जितेको यो नै पहिलो स्वर्ण पदक भएको सोसाइटीले जनाएको छ ।

त्यसैगरी उत्कृष्ट प्रदर्शन गर्दै टोलीका सदस्य सहज केसीले कास्य पदक जित्न सफल भएका छन् भने अर्का सदस्य इभान दुबेले सम्मानजनक उल्लेख उपाधि प्राप्त गरेका छन् । प्रतियोगी अभिउदय ढुंगाना र अखिलेश पोखरेलले पनि प्रतियोगितामा सफलतापूर्वक सहभागिता जनाउँदै उत्कृष्ट प्राविधिक तथा प्राज्ञिक कौशल प्रदर्शन गरेका छन् ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीद्वारा आयोजित राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड (२०२६) को वैज्ञानिक छनोट प्रक्रिया र बन्द शिविरको विशेष प्रशिक्षणपश्चात् यी विद्यार्थीलाई नेपालको प्रतिनिधित्व गर्न थाइल्यान्ड पठाइएको थियो । थाइल्यान्डमा टोलीको नेतृत्व सोसाइटीका मनिषा द्वा र ओशन शर्मा कट्टेलले गरेका हुन् ।

खगोल विज्ञान ओलम्पियाडमा नेपालले प्राप्त गरेका विगतका कास्य पदकको जगमा उभिएर जुनियर खगोल विज्ञान अन्तर्राष्ट्रिय ओलम्पियाड  २०२६० मा प्राप्त यो स्वर्ण पदक समग्र देशकै शैक्षिक तथा वैज्ञानिक इतिहासमा एउटा युगान्तकारी कोशेढुङ्गा सावित भएको बताइएको छ । यसले नेपाली विद्यार्थीको बौद्धिक क्षमता विश्वस्तरको रहेको पुनर्पुष्टि गरेको सोसाइटीले दाबी गरेको छ ।

0 Comments