२३ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौँडाको चुच्चेखोला बन्यो खुवाको केन्द्र, देशभर फैलिँदै बजार

अ अ+ अ-

काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित चुच्चेखोला खुवाका लागि देशभर परिचित छ ।

कान्ति लोकपथ हुँदै हेटौँडा–काठमाडौं यात्रा गर्ने यात्रुका लागि यहाँको खुवा स्वादिलो कोसेली मात्र होइन, यस क्षेत्रको पहिचानसमेत बनेको छ । चार दशकभन्दा लामो इतिहास बोकेको खुवा व्यवसाय अहिले स्थानीयको आम्दानी र रोजगारीको माध्यम बनिरहेको छ । पुराना व्यवसायीसँगै नयाँ पुस्ताले पनि यस व्यवसायलाई निरन्तरता दिन थालेका छन् । 

चुच्चेखोला पुग्ने जोकोहीलाई यहाँका खुवा पसलबाट आउने मिठो बास्नाले आकर्षित गर्छ । बिहान सबेरैदेखि बेलुकासम्म कराईमा दूध उमाल्दै खुवा घोटिरहेका व्यवसायी र खुवा खरिद गर्ने यात्रुको चहलपहल यहाँको नियमित दृश्य हो । कान्ति लोकपथ हुँदै आवतजावत गर्ने यात्रुहरू यहाँको खुवा चाख्न र कोसेलीका रूपमा लैजान पसलमा पुग्ने गर्छन् । 

चुच्चेखोलामा व्यावसायिक रूपमा खुवा उत्पादनको शुरुवात वि।सं।२०३६ सालमा कृष्णप्रसाद तिमल्सिनाले गरेका थिए । सुरुमा अमाराको पातमा खुवा राखेर विक्री गर्ने गरिएको थियो । सीमित पसलबाट शुरु भएको व्यवसाय विस्तार हुँदै अहिले चुच्चेखोलाको प्रमुख पहिचान बनेको छ ।

कुनै समय दुई–तीनवटा पसलमा मात्रै खुवा उत्पादन हुने गरेकोमा अहिले यहाँ १६ देखि १७ वटासम्म खुवा पसल सञ्चालनमा रहेको विवरण छ । यहाँ उत्पादित खुवा हेटौँडा, काठमाडौं, पोखरा, चितवन, वीरगञ्ज तथा तराईका विभिन्न जिल्लासम्म पुग्ने गरेको छ । खुवासँगै पेडा, गुँदपाक, पुष्टकारीलगायत मिठाईको उत्पादन र विक्रीसमेत हुँदै आएको छ । 

सामान्यतया चार लिटर दुधबाट करिव एक किलो खुवा तयार हुन्छ । खुवा उत्पादनका लागि भैँसीको दूध उपयुक्त मानिन्छ । यहाँ खुवा प्रतिकिलो सात सय रुपैयाँमा बिक्री हुँदै आएको छ । बढ्दो मागका कारण दुधको खपत पनि बढेको छ । यसले स्थानीय किसानलाई दूध बिक्री गर्ने बजार उपलब्ध गराउनुका साथै भैँसीपालन र स्वरोजगारमा समेत टेवा पुर्‍याएको छ ।

यही व्यवसायमा नयाँ पुस्ताको आकर्षण पनि बढ्दै गएको छ । विदेशमा करिब १० वर्ष भन्दा बढी समय बिताएर स्वदेश फर्किएका ध्रुव तिमल्सिना यसको एउटा उदाहरण हुन् । 

ललितपुरबाट चुच्चेखोलामा बसाइँ सरेको उनको परिवारले आमाको नामबाट ‘ललितपुरे आमाको खुवा पसल’ सञ्चालन गरेको थियो । तर ध्रुव विदेश गएपछि बन्द भएको उक्त पसल उनले स्वदेश फर्किएर पुनः सञ्चालनमा ल्याएका हुन् ।

अहिले पसल सञ्चालनमा आएको तीन वर्ष भइसकेको छ । ध्रुवले दैनिक १० देखि १५ किलोसम्म खुवा विक्री गर्दै आएका छन् । प्रतिकिलो सात सय रुपैयाँका दरले विक्री गर्दा दैनिक सात हजारदेखि १० हजार पाँच सय रुपैयाँसम्मको कारोबार हुन्छ । आमाले शुरु गरेको व्यवसायलाई निरन्तरता दिँदै उनले आफ्नै ठाउँमा उद्यम गर्ने बाटो रोजेका छन् ।

आमाले सुरु गरेको व्यवसायलाई पुनः सञ्चालनमा ल्याउँदा परिवारको साथ पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ । पसल सञ्चालन र व्यवस्थापनमा ध्रुवलाई उनकी श्रीमतीले समेत सघाउँदै आएकी छन् । पारिवारिक व्यवसायलाई निरन्तरता दिँदा घरपरिवारको आर्थिक अवस्थामा सुधार आएको उनको भनाइ छ ।

चुच्चेखोलाको खुवा व्यवसायले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै दूध उत्पादक किसानलाई बजारसमेत उपलब्ध गराएको छ ।

चार दशकभन्दा लामो इतिहास बोकेको चुच्चेखोलाको खुवा व्यवसाय आज एउटा क्षेत्रको पहिचानसँगै स्थानीयको आर्थिक गतिविधिको आधार बनेको छ । पुराना पुस्ताले शुरु गरेको व्यवसायलाई नयाँ पुस्ताले निरन्तरता दिँदै आएका छन् । बजार विस्तारसँगै दुधको उपलब्धता र उत्पादनलाई व्यवस्थित बनाउन सके चुच्चेखोलाको खुवा व्यवसायले स्थानीय अर्थतन्त्रमा अझ महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्ने देखिन्छ ।

0 Comments