२३ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजिप्टका प्राचीन पिरामिडको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी ‘फरेभर इज नाउ’

अ अ+ अ-

काठमाडौँ । इजिप्टका प्राचीन पिरामिडको पृष्ठभूमिमा विश्वभरका कलाकारका सिर्जना समेटिएको अन्तर्राष्ट्रिय समकालीन कला प्रदर्शनी ‘फरेभर इज नाउ’ शुरु भएको छ ।

 प्रदर्शनीको छैटौँ संस्करणले आइतबार इजिप्टको गिजा पठारस्थित पिरामिड आसपासको मरुभूमिलाई खुला कला दीर्घाका रूपमा रूपान्तरण गरेको छ । नोभेम्बर ८ देखि २८ सम्म सञ्चालन हुने प्रदर्शनीमा विश्वका विभिन्न देशका समकालीन कलाकारका सिर्जना राखिएका छन् । इजिप्टको बहुविध कला संस्था ‘आर्ट डी इजिप्ट’ले आयोजना गरेको प्रदर्शनीमा समयको प्रवाह, सांस्कृतिक स्मृति र पिरामिडको चिरस्थायी प्रभावलाई स्टिल, ढुङ्गा तथा विभिन्न रङमार्फत कलात्मक रूपमा प्रस्तुत गरिएको छ । प्रदर्शनीमा फ्रान्सेली–चिनियाँ कलाकार जियाङ छ्योङ एरको ‘इट इज टाइम टु प्लान्ट लभ’ शीर्षकको कलाकृति विशेष आकर्षण बनेको छ ।

 विश्वका प्राचीन सभ्यताबाट प्रेरित उक्त कलाकृतिमा स्टेनलेस स्टिल र फाइबर ग्लासबाट बनाइएका सुनौलो रङका १२ वटा विशाल संरक्षक आकृति राखिएका छन् । ती आकृतिले शान्ति, स्वतन्त्रता, समानता र विवेकजस्ता साझा मानवीय मूल्यलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेका छन् । यस वर्ष इजिप्ट र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव मनाइरहेका बेला चिनियाँ कलाकार जियाङको सहभागितालाई विशेष अर्थपूर्ण मानिएको छ । प्रदर्शनी आयोजक आर्ट डी इजिप्टकी संस्थापक नादिन अब्देल गफ्फारका अनुसार यस प्रदर्शनीमा पहिलोपटक चिनियाँ कलाकारसँग सहकार्य गरिएको हो । 

उनले प्रदर्शनीले प्राचीन र आधुनिक दुवै स्वरूपको इजिप्टलाई विश्वसामु चिनाउने अवसर प्रदान गरेको बताइन् ।

सबैका लागि खुला गरिएको प्रदर्शनीमा प्रत्येक वर्ष विद्यालय तथा विश्वविद्यालयका विद्यार्थी समूहको समेत उल्लेख्य सहभागिता रहने गरेको आयोजकले जनाएको छ । कला सङ्कलकमा मात्र सीमित नभई आम सर्वसाधारणको पहुँचमा पनि कला पुग्नुपर्ने आयोजकको भनाइ छ ।

0 Comments