२६ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘छठ पर्वले पर्यावरण संरक्षणदेखि सामाजिक समानतासम्मको सन्देश दिन्छ’ : मनिष झा

अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले छठ पर्वले पर्यावरण संरक्षणदेखि सामाजिक समानतासम्मको पाँच वटा महत्वपुर्ण सन्देश दिने बताएका छन् ।

छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। छठ पर्वले पर्यावरण संरक्षण, कृषि उत्पादनको प्रवर्द्धन, सामाजिक समानता, अनुशासन र पारिवारिक एकताको सन्देश दिने उनले बताए । उनका अनुसार छठ पर्वको पहिलो सन्देश पर्यावरण संरक्षण हो । पर्वका क्रममा पोखरी, जलाशय तथा पानीका स्रोतहरू सफा गर्ने परम्पराले वातावरण संरक्षणमा योगदान गर्ने उनको भनाई छ । 

दोस्रो पक्ष कृषि उत्पादनको प्रवर्द्धन रहेको उनले बताए । छठमा पूजाका सामग्री तथा प्रसादका रूपमा कृषि उपजको प्रयोग हुने भएकाले यसले कृषि उत्पादनको महत्व बढाउने उनको भनाई छ । त्यस्तै, छठ पर्वले सामाजिक समानताको सन्देश दिने उनले बताए । उनले जात, समुदाय र आर्थिक अवस्थाका आधारमा भेदभाव नगरी सबै मानिस एउटै पोखरीमा समान रूपमा उभिएर पूजा गर्ने परम्परा यस पर्वको विशेषता रहेको उल्लेख गरे। छठ पर्वको अर्को महत्वपूर्ण पाटो अनुशासन सिकाउनु रहेको उनको भनाई छ । 

पाँच दिनसम्म व्रतालुहरूले निश्चित विधि र अनुशासन पालना गर्दै छठ पर्व मनाउने परम्परा रहेको उनले बताए । 

छठ पर्वले पारिवारिक तथा सामाजिक सम्बन्धलाई समेत नजिक ल्याउने उनले बताए । देश तथा विदेशमा रहेका मानिसहरू छठ मनाउन आफ्नो घर फर्किने भएकाले यसले पारिवारिक एकता र आत्मीयता बढाउने उनको भनाई छ ।

पहिले मुख्यतः मधेस क्षेत्रमा मनाइने छठ पर्व अहिले काठमाडौँ, पोखरा, बुटवल र धरानलगायतका सहरमा समेत विस्तार भएको उनले बताए । 

0 Comments