२६ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दशगजामा दिनभर हात्तीको बथान, गाउँमा त्रास

अ अ+ अ-

काठमाडौँ । मेचीनगर नगरपालिका-७ स्थित दशगजा क्षेत्रमा आज दिनभर १४ वटा जंगली हात्तीले आश्रय लिएपछि नेपालतर्फको गाउँमा त्रास फैलिएको छ । हात्तीले आश्रय लिएको दशगजा क्षेत्रको पूर्वतर्फको भारतीय भूभागमा सिसौ र टिकको बिरुवा हुर्किएको झाडी छ । नेपालतर्फ सतिघट्टा, मेचीबस्ती, गैरीगाउँलगायतको बाक्लो मानव बस्ती छ । 

आज बिहानैदेखि दशगजा नजिकको झाडीमा साना बच्चासहितको हात्तीको बथान देखिएको प्रत्यक्षदर्शी जीआर धितालले बताए । उनले भने, “ती हात्ती दिनभर त्यहीँ बसेका छन् । यता गाउँ कुनै पनि बेला पस्लान् भन्ने डर भइसक्यो ।”

नेपालतर्फको बस्तीमा हात्ती प्रवेश नगरुन् भनेर सशस्त्र प्रहरी बल २ नं गणअन्तर्गतको विभिन्न बीओपी र डिभिजन वन कार्यालय झापाबाट खटिएका सुरक्षाकर्मीले सीमामा सुरक्षा तैनाथी बढाएको डिभिजन वन कार्यालय झापाका निमित्त प्रमुख रामभगत यादवले बताए ।

भारततिरबाट आएका हात्तीलाई सीमामा रोकिए पनि राति उक्त बथान गाउँ पस्ला भनेर स्थानीय वासीमा त्रास फैलिएको छ । हात्तीले आश्रय लिएको झाडी पूर्वको भारतीय बस्तीमा रहेका १८ परिवारका सदस्यले बिहानैदेखि घर छाडेका छन् । ज्यान जोगाउन घर छाडेका भारतीय बस्तीका बासिन्दामध्ये कोही नेपालतिरका घरमा आश्रय लिएर बसिरहेका छन् भने कोही नेपालको घुमाउरो बाटो भएर भारततिरै गएका छन् ।

जिल्ला प्रशासन कार्यालय झापाले मेचीनगर-४ को प्रसाद गौडाबाट नेपालतर्फ प्रवेश गर्न लागेको हात्तीको बथानलाई रोक्न बुधबारदेखि नै सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको थियो । मेचीनगर-४ को बाहुन डाँगी सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न नपाएको हात्तीको बथान त्यहाँबाट बाटो बदलेर लगभग पाँच किलोमिटर दक्षिण मेची पुलमुनिबाट मेचीनगर-७ मा स्थानान्तरण भएको छ । 

भारतीय भूभागबाट हात्ती नेपाल प्रवेश गरेर स्थानीयवासीको घर भत्काउने र पाकेको धान खाने गर्न थालेपछि भारततर्फ हात्ती फर्काउन सुरक्षा सतर्कता उच्च पारिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए। हात्तीको प्रवेशलाई पूर्णरूपमा रोक्न र सम्भावित क्षति जोगाउन सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका वन रक्षक, र्यापिड रेस्पोन्स टिमलगायत विभिन्न संघ-संस्था र स्थानीय किसानहरू सक्रिय भएका छन् ।

0 Comments